Logo
१५ चैत्र २०८०, बिहीबार
(December 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भिडियो: बादलभीत्र जून सार्वजनिक

काठमाडौं । वरिष्ठ सङ्गीतकार राजु सिंहको संङ्गीत, गीतकार धनवीर थापाको शब्द र दीपक लिम्बुको स्वर रहेको गीत ‘बादलभित्र जून लुकेको बेला…’ भिडियो सार्वजनिक भएको छ । भिडियोलाई युट्यूव मार्फत सार्वजनिक गरिएको हो ।

धुलिखेलका विभिन्न रमणिय दृष्य समावेश गरिएको यो म्युजिक भिडियोमा नायिका सारिका घिमिरे र मोडल दिनेश केसीले अन स्क्रिन रोमान्स गरेका छन् ।

सञ्जय पाण्डेको निर्देशन रहेको यो गीतको भिडियोलाई राजेन्द्र पाण्डे र नवराज उप्रेतीले छायाँकन, तथा सम्पादन राजेन्द्र पाण्डेले गरेका छन् । बरिष्ठ गीतकार वसन्त वित्यासी थापाको प्रस्तुती रहेको यो म्युजिक भिडियोलाई वेष्ट टोन म्युजिकले बजार ब्यवस्थापन गरेको छ ।

प्रकाशित मिति: Dec 13, 2016

प्रतिक्रिया दिनुहोस्