Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 13, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हुकिङ गरेर चोरेको बिजुली बिक्रीबितरण हुदै

विराटनगर २८ मङि्सर ।  बिद्युतको पोलबाट हुकिङ गरेर चोरिएको बिजुली सव–मिटर राखेर अरुलाई बेच्ने गरेको खुलेको छ । नेपाल बिद्युत प्राधिकरणको दुहवी वितरण केन्द्रले शनिबार राती अमर्वा क्षेत्रमा भइरहेको बिद्युत चुहावट नियन्त्रण गर्न टोली परिचालन गरेको थियो।

सुनसरीको अमर्वा दक्षिणको चोकमा हुकिङ गरेर चोरिएको बिजुली सव–मिटर राखेर वरिपरिका घर र पसललाई बिक्री गर्ने एकजनालाई कार्वाही थालिएको छ। टोलीले हुकिङ गरेर बिद्युत चोर्नेलाई कार्वाही गर्ने क्रममा हुकिङ गरेको बिजुली आफै मात्र प्रयोग नगरेर अरुलाई समेत बेच्ने गरेको भेटाएको हो।

यादवका अनुसार हुकिङ गरेर चोरिएको बिजुली सव–मिटरमार्फत अरुलाई बेच्ने गरेको फेला परेको हो। प्रतियुनिट १० देखि १२ रुपैयाँमा हुकिङ गरिएको बिजुली बेच्ने गरेको प्राधिकरणले जनाएको छ। ‘हुकिङ गरेर बिजुली चोर्ने र सव–मिटर राखेर अरुलाई समेत बेच्ने गरेको भेटिएको छ,’ प्राधिकरणको दुहवी वितरण केन्द्रका प्रमुख आमोद यादवले भने, ‘घरमा कोही नभेटिएपछि उनको मोटरसाइकल नियन्त्रणमा लिएका छौं ।’

यादवका अनुसार हुकिङ गरेर चोरिएको बिजुली सव–मिटरमार्फत अरुलाई बेच्ने गरेको फेला परेको हो। प्रतियुनिट १० देखि १२ रुपैयाँमा हुकिङ गरिएको बिजुली बेच्ने गरेको प्राधिकरणले जनाएको छ। प्राधिकरणले उनको मोटरसाइकल नियन्त्रणमा लिएपछि ती व्यक्ति आइतबार दुहवी कार्यालय पुगेका थिए। प्राधिकरणले भने उनको नाम गोप्य राखेको छ।

‘हुकिङ गरेर अहिलेसम्म चुहावट गरेको बिजुलीको महसुल उसँग तिराइनेछ,’ यादवले भने, ‘कार्वाही प्रकृया चलिरहेको छ।’ लोडसेडिङ ‘न्यून’ गर्न चुहावट रोक्ने अभियान थालेको नेपाल विद्युत प्राधिकरणले अहिले देशभर हुकिङ नियन्त्रण सुरु गरेको छ। बिद्युत प्राधिकरणको दुहवी शाखाले यो अवधिमा ९ सय ४४ वटा हुकिङ हटाएको, ७५ वटा बिद्युतीय उपकरण जफत गरेको, ४० जना मानिसलाई नियन्त्रणमा लिएको र हुकिङ गर्नेसँग ३ लाख ९० हजार रूपैयाँ असुली गरेको प्रमुख यादवले जानकारी दिए। यस्तै, मिटरबाटै चुहावट गर्ने २५ जनालाई कार्वाही गरेर १ लाख १० हजार रुपैयाँ असुली गरेको छ।

लोडसेडिङ ‘न्यून’ गर्न चुहावट रोक्ने अभियान थालेको नेपाल विद्युत प्राधिकरणले अहिले देशभर हुकिङ नियन्त्रण सुरु गरेको छ।
नेपाल बिद्युत प्राधिकरण, विराटनगर वितरण केन्द्रले पनि हुकिङ नियन्त्रण अभियान थालेको छ। शाखाका अनुसार कात्तिक र मंसिर महिनामा मात्रै १ सय २८ थान टिभि, ११ वटा फ्रिज, पानी तान्ने मोटर ४३ वटा, डिस एन्टिना ३० वटा, तार ५ सय थान र अन्य थुपै्र विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ। १४ जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख श्याम कुसियत यादवले जानकारी दिए। नागरिकमा समाचार छ ।

प्रकाशित मिति: Dec 13, 2016

प्रतिक्रिया दिनुहोस्