Logo
६ बैशाख २०८१, बिहीबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओलीले स्वागत गर्दा फोरममा आकस्मिक बैठक

काठमाडौं, २६ मंसिर । संघीय समाजवादी फोरम परित्याग गरेर सयौं नेता तथा कार्यकर्ता गत २३ मंसिरमा धुम्बाराहीस्थित एमाले मुख्यालय प्रवेश गर्यो । सोही दिन संघीय समाजवादीको मुख्यालयमा केन्द्रीय समितिको आकस्मिक बैठक डाकियो ।सो बैठकमा पार्टी परित्याग गरी एमाले प्रवेश गर्ने नेता तथा कार्यकर्ताबारे बेजोड छलफल चल्यो । उनीहरुले पार्टी परित्याग गर्नुको मूलकारण सहअध्यक्ष राजेन्द्र श्रेष्ठकै कारण रहेको निष्कर्ष निकाले ।

र, सहअध्यक्ष श्रेष्ठलाई भने, ‘सहअध्यक्षज्यू तपाईं पार्टी बनाउन पनि नसक्ने र साथीहरुलाई त्यसरी निस्कन सहयोग गर्ने काम किन गर्नुहुन्छ? अनि दोषचाहिँ अध्यक्षज्यू र वरिष्ठनेताज्यूले बोक्नुपर्ने ?’बैठकमा नेताहरुको यस्तो कुरा सुनेपछि श्रेष्ठको तालु सुकेको थियो । साथै, टोपी मिलादै आफू र आफ्ना पक्षका कार्यकर्ताको बचाउ गरे । यद्यपि, अधिकांशले उनको कुरा पत्याएनन् । बैठक स्रोतका अनुसार सहअध्यक्ष श्रेष्ठकै कारण असन्तुष्ट बनिरहेको अर्को समूह पार्टीको लागि अझ घातक हुने निष्कर्ष पनि निकालिएको छ ।

तर, सहअध्यक्ष श्रेष्ठ ‘पार्टीबाट जो निस्किएपनि झन्झन् राम्रो हुने’ दाबी गर्दै आफ्नो गुट बनाउन उद्यत रहेको स्रोतले जिकिर गरे ।साथै, बैठकका अधिकांशले गत १ जेठमा सम्पन्न आन्दोलन समीक्षा बैठकमा केन्द्रीय सदस्य भूपेन्द्र नेम्बाङले गालीगलौज गर्दै कुट्न खोज्नु सही रहेको निष्कर्षमा समेत पुगेका छन् । अहिले पार्टीकै उच्चस्तरीय नेताहरुले उनलाई ‘संकीर्ण’ नेताको रुपमा अथ्र्याउन थालिसकेका छन् ।

बैठकमा यस्तो चर्चा

बैठकमा राजनीतिक समिति सदस्य(पोलिटब्युरो)सहित ४ केन्द्रीय सदस्य, भ्रातृ संगठनका महत्वपूर्ण स्थानमा रहेका पदाधिकारीको पार्टी परित्याग र एमाले प्रवेशबारे कुराकानी भयो । एमाले प्रवेश गर्नेमा राजनीतिक समिति सदस्य वीरेन्द्र बोगटी, केन्द्रीय सदस्यद्वय टोपबहादुर ओली, प्रकाश अधिकारी, राजेन्द्र खनाल र ओमकृष्ण प्रसाईं थिए ।  उनीहरुले संघीय समाजवादी परित्याग गरेको दुई दिनमै एमाले प्रवेश गरेका थिए ।

परित्यागसँगै संघीय समाजवादीमा एकखाले कम्पन आएको थियो तर लगत्तै एमाले प्रवेश गर्दा आकस्मिक बैठक नै डाकियो ।बैठकमा अधिकांश नेताहरुले वैचारिक रुपमा स्पष्ट रहेका नेता तथा कार्यकर्ता गुमाउनु पर्दा पार्टीलाई क्षति पुगेको बताएका थिए । र, यस विषयमा आधिकारिक विज्ञप्ति र भनाई सार्वजनिक गर्दा झनै पार्टीलाई क्षति पुग्ने आँकलन भएपछि चुपचाप रहने निष्कर्षका साथ सबै बाहिरिएका थिए ।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्