Logo
२९ असार २०८२, आईतबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

तेह्रथुममा बस दुर्घटना, ३ को मृत्यु, २८ घाइते

तेह्रथुम, २६ मङि्सर । धरानबाट तेह्रथुमको म्याङ्लुङ लागि छुटेको बस दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला, एक पुरूष र एक बालिका छन्। २८ जना घाइते उपचारका लागि जिल्ला अस्पताल तेह्रथुमतर्फ पठाइएको प्रहरीले जानकारी दिएको छ।

पहाडी सुपर नामको ना ४ ख २८६५ नम्बरको बस सडकबाट करिव सय मिटर तल खसेको हो। जिरीखिम्ती सडक खण्डको गढी जंगलमा ब्रेक फेल भएर बस खसेको प्रहरी नायव उपरीक्षक भागेन्द्रपुरूष ढकालले जानकारी दिए।  मृत्यू हुनेमा संखुवासभा माम्लीङ सल्ले बस्ने बर्ष ४ की अञ्जली होङ छन् । अन्यको सनाखत हुन सकेको छैन।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्