Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिआइए रिर्पोट: डोनाल्ड ट्रम्पको जितमा रुसको हात 

वाशिंटन, एजेन्सी । डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा जित हात पारेको विषयमा अमेरिकी गुप्तचर विभाग (सिआइए)ले ठूलो खुलासा गरेको छ। सिआइएको एक रिपोर्टमा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरी डोनाल्ड ट्रम्पले चुनाव जितेको दाबी गरिएको अन्तर्राष्ट्रिय संचारमाध्यमले उल्लेख गरेका छन्।

सो रिपोर्टका अनुसार रुसले नै हिलारी क्लिन्टन तथा जोन पोडेस्टाको इमेल ह्याक गराएको हिरालीको इमले ह्याक भएपछि त्यसको फाइदा ट्रम्पले लिएर चुनाव जितेका हुन्। हिरालीको इमेल चुनावको अन्तिम महिनामा लिक भएका थिए। सो काण्डपछि ट्रम्प र हिलारीको हिजहारको प्रतिशत कम भएको थियो।

साइबर सुरक्षा विज्ञ र इन्टेलिजेन्स अफिशियस्लसले इमेल ह्याकिङ काण्डमा रुसको हात रहेको उल्लेख गरेका छन्। तर, ट्रम्पको टिमले भने सिआइएको रिपोर्टलाई गलत भन्दै अस्विकार गरेको छ। ट्रम्पको टिमले चुनाव जितेको धेरै समय भइसकेकाले यस्ता गलत रिर्पोटको कुनै अर्थ नहुने बताएको छ। ‘यो रिपोर्ट तिनै मासिहरुले बनाएका हुन, जसले सद्दाम हुसेनसँग विनाशकारी हतियार भएको दाबी गरेका थिए,’ ट्रम्पको सचिवालयले भनेको छ।

ट्रम्पको टिमले ट्रम्पले चुनाव जितेको धेरै समय भइसकेको छ, यो समय भनेको अमेरिकालाई महान बनाउने भएको उल्लेख गरेको छ।यसैबीच ह्वाइट हाउसको डेपुटी प्रेस सचिव एरिक सुल्जले इमेल ह्याक काण्डलाई गम्भीर भएको बताउका छन्। ‘चुनाव अभियानमा रुसी हस्तक्षेपको विषयलाई लिएर संसदले बारम्बार जवाफ मागेको छ,’ उनले भने ।

सो विषयप्रति चासो राख्दै राष्ट्रपति बराक ओबामाले सो विषयको समीक्षा गर्न आदेश दिएका छन्। ओबामाको २० जनवरीमा आफ्नो कार्यकाल पूरा हुँदैछ। त्यसपछि डोनाल्ड ट्रम्पले राष्ट्रपतिको पद सम्हाल्ने छन्। यसअघि सिआइए प्रमुख जोन ब्रेन्नले बीबीसीलाई दिएको एक अन्तर्वातामा रुसले ट्रम्पलाई होशियार रहन सल्लाह दिएको दाबी गरेका थिए।

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्