Logo
७ बैशाख २०८१, शुक्रबार
(December 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कठीन प्रतियोगितामा नेपालीको प्रतिस्पर्धा, जिताउन अपिल !

काठमाडौं, मंसिर २६ । स्वीडेनको एक कठीनतम प्रतियोगितामा एक नेपाली युवाले पनि प्रतिस्पर्धा गरेका छन् । ‘फ्जालराभेन पोलार एक्सिपिडसन’ नामक साहसिक प्रतियोगितामा झापाको दमकका शिवकुमार चम्लागाईंले भाग लिएका छन् । माइनस ३० डिग्रीभन्दा कम तापक्रममा हुने उक्त प्रतियोगितामा भाग लिन प्रारम्भिक छनोट भने अनलाइन भोटिङका आधारमा हुनेछ । अनलाइन भोटिङमा पहिलो हुनेले स्वत: र दोस्रोले जुरीको छनोटमा प्रतियोगितामा भाग लिन पाउँछन् ।

उत्तरी ध्रुवको कठ्यांग्रिने हिउँमा हुने अनौठो प्रतियोगितामा भाग लिनेले ३ सय किलोमिटरको दूरी ६ वटा कुकुरले तान्ने गाडामा उभिएर ५ दिनमा पूरा गर्नुपर्छ । प्रतियोगिता भने आगामी अप्रिल ३ देखि ५ तारिखसम्म हुनेछ । स्वीडेनको स्टकहोल्ममा ८ वर्षदेखि बस्दै आएका चम्लागाईं प्रतियोगितामा प्रतिस्पर्धा गर्ने पहिलो नेपाली हुन् ।

चम्लागाईंले भूकम्पपछि पनि नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिन प्रतियोगितामा भाग लिएको बताए । ‘यो धेरै कठीन काम हो,’ उनले कान्तिपुरसित भने, ‘विश्वास छ म अन्तिम प्रतियोगितासम्म पुग्नेछु ।’

चम्लागाईंलाई भोट दिन लिंक क्लिक गर्नुहोस्

 

प्रकाशित मिति: Dec 11, 2016

प्रतिक्रिया दिनुहोस्