Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

फोरमका पाँच केन्द्रीय सदस्यसहित ९२ जना एमालेमा प्रवेश

काठमाडौं, २३ मंसिर । संघिय समाजवादी फोरमका पाँच केन्द्रीय सदस्यसहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उपेन्द्र यादव नेतृत्वको संघिय समाजवादी फोरम नेपालका पाँच जना केन्द्रीय सदस्य सहित दर्जनौ कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।

बिहीबार एमाले कार्यलय धुम्बाराइमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पाँच केन्द्रीय सदस्य सहित ९२ जना फोरम कार्यकर्ता एमालेमा प्रवेश गरे ।

फोरम नेपालका केन्द्रीयहरु विरेन्द्रबहादुर बोगटी, टोपबहादुर ओली, प्रकाश अधिकारी, ओमकृष्ण प्रसाईँ, राजेन्द्रप्रसाद खनाल सहित ९२ जना एमालेमा प्रवेश गरेका छन् ।

उनीहरुलाई एमाले अध्यक्ष ओलीले स्वागत गरेका थिए । पार्टी छाड्नेहरुले आफुहरु रहेको संघिय समाजवादी फोरम आफ्नो नीतिमा विचलित भएको आरोप लगाएका छन् ।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्