Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 8, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वप्रधानमन्त्री डा.भट्टराईमाथि जुत्ता प्रहार

फाइल फोटो

पोखरा, २३ मङि्सर ।  नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार भएको छ । पार्टीको विद्यार्थी संगठनको कार्यक्रममा सहभागी हुन पृथ्वी नारायण (पिएन) क्याम्पस आएका उनीमाथि एक आक्रोशित विद्यार्थीले जुत्ता प्रहार गरेका हुन् ।  उनलाई प्रहरीले पक्राउ गरेको छ। उनले भट्टराईलाई कालोझन्डा समेत देखाएपछि उनलाई पक्राउ गरिएको बगर प्रहरी चौकीका इन्स्पेक्टर किशोर लम्सालले जानकारी दिए।

‘नेताले देश बिगारे यो बाबुराम पनि एउटा पात्र हो’, प्रहरीमा दिएको बयानमा उनले भनेका छन् । कैलालीको नारायाणपुर गाविस वडा नं. ७ घर भएर उनी पोखराको फूलबारीमा बसोबास गर्छन् । अर्थशास्त्रमा एमएका विद्यार्थी उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ ।  क्याम्पसकै स्नातकोत्तर तहमा अध्ययनरत सञ्जिव भट्टराईले जुत्ता प्रहार गरेको विद्यार्थीले जानकारी दिए।

‘नेताले देश बिगारे यो बाबुराम पनि एउटा पात्र हो’, प्रहरीमा दिएको बयानमा उनले भनेका छन्। कैलालीको नारायाणपुर गाविस वडा नं. ७ घर भएर उनी पोखराको फूलबारीमा बसोबास गर्छन्। अर्थशास्त्रमा एमएका विद्यार्थी उनीमाथि प्रहरीले अनुसन्धान थालेको छ। अपमान प्रयास भए पनि संयोजक भट्टराईले विद्यार्थीको कार्यक्रमलाई १५ मिनेट जति कार्यक्रमलाई सम्बोधन गरेका थिए।

प्रकाशित मिति: Dec 8, 2016

प्रतिक्रिया दिनुहोस्