Logo
१५ चैत्र २०८०, बिहीबार
(December 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

रहिनन तमिलनाडूकी मुख्यमन्त्री जयललिता

jaylalitaभारत, चेन्नई । तमिलनाडूकी मुख्यमन्त्री जयललिताको निधन भएको छ। चेन्नईको अपोलो अस्पतालमा उपचारको क्रममा सोमबार राति ११ः ३० मा निधन भएको भारतीय बीबीसीले जनाएको छ । ६८ वर्षीया जयजलिता २२ सेप्टेम्बरमा अपोलो अस्पतालमा भर्ना भएकी थिइन्। आइतबार हृदयघात भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

उनी अस्पताल भर्ना भएपछि उनका समर्थक अस्पतालका बाहिर जम्मा भएका थिए। जनताबीच निकै लोकप्रिय नेताकाका रुपमा परिचित जयललिताले दक्षिण भारतीय फिल्ममासमेत अभियन गरेकी थिइन्। संचारमाध्यम अनुसार सुरुमा जयललिता एक सफल वकिल बन्न चाहन्थिन्। तर भाग्यले उनलाई पहिला फिल्म र पछि राजनीतिमा धकेलिदियो।

दुवै क्षेत्रमा उनको यात्रा सजिलो भने थिएन। जयललिता १४० फिल्ममा अभियन गरेकी छन् । यसैगरी उनी आठ पटक विधानसभा चुनावमा निर्वाचित, एकपटक राज्यसभाकालागि मनोनित हुनुबाहेक चारपटक तमिलनाडूकी मुख्यमन्त्री बन्न सफल भइन्।

प्रकाशित मिति: Dec 6, 2016

प्रतिक्रिया दिनुहोस्