Logo
१६ चैत्र २०८०, शुक्रबार
(December 6, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.भट्टराईको भनाई: संविधान संशोधन प्रस्ताव अपुरो

baburam-newsकपिलवस्तु, २० मङि्सर ।  पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी नेपालका संयोजक डा. बाबुराम भट्टराईले सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन प्रस्ताव अपुरो रहेकाले त्यसमा परिमार्जन गरी पारित गर्नुपर्ने बताएका छन् ।  नयाँ शक्ति नेपाल पार्टी अन्तरिम जिल्ला परिषद कपिलवस्तुले तौलिहवामा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश तथा स्वागत कार्यक्रममा बोल्दै उनले सत्ताधारी पार्टी तथा आन्दोलरत दलहरु छलफल गरी केही परिमार्जन सहित संशोधन गर्नुपर्ने उनको जोड थियो।

देश अहिले ध्रुवीकरणतर्फ गइरहेको भन्दै उनले त्यसलाई बेलैमा नरोके गम्भीर जटीलता उत्पन्न हुने उनले बताए। ‘देशलाई विभाजन हुनबाट रोक्न सबै दलहरु मिल्नुको बिकल्प छैन’, उनले भने। संशोधनमा पेश गरिएको ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव नमिलेकाले त्यसलाई सम्वाद र छलफलमार्फत् मिलाउनुपर्ने उनको भनाइ थियो । ‘प्रदेश नम्बर ५ मात्र होइन पूर्वको मधेसका मोरङ र सुनसरी तथा पश्चिमको कैलाली र कञ्चनपुरलाई पनि मिलेको छैन’, उनले भने।

संशोधनमा पेश गरिएको ५ नम्बर प्रदेश टुक्र्याउने प्रस्ताव नमिलेकाले त्यसलाई सम्वाद र छलफलमार्फत् मिलाउनुपर्ने उनको भनाइ थियो। ‘प्रदेश नम्बर ५ मात्र होइन पूर्वको मधेसका मोरङ र सुनसरी तथा पश्चिमको कैलाली र कञ्चनपुरलाई पनि मिलेको छैन’, उनले भने। डा. भट्टराईले आफूहरुले पहिचानका ५ आधार र सामथ्र्यका ४ आधार अनुरुप तराईमा दुई प्रदेश बनाउनु पर्ने बिषयमा स्पष्ट रहेको उनको भनाइ थियो। पञ्चायतले निर्धारण गरेको जिल्ला, अञ्चल र क्षेत्र नटुक्र्याई प्रदेशका नाममा जनता भिडाउने कार्यले राजतन्त्रको झस्को दिएको उनको भनाइ थियो।

कार्यक्रममा मधेशी जनाधिकार फोरम (लोकतान्त्रिक) को केन्द्रिय उपाध्यक्ष पद परित्याग गरेका पूर्वमन्त्री दानबहादुर चौधरी सहित पार्टीको जिल्ला नेतृत्वका नेता सँगै ठूलो संख्यामा पार्टी कार्यकर्ता र नेपाली काँग्रेसका स्थानीय नेता नयाँ शक्ति पार्टीमा प्रबेश गरेका छन्। एक छुट्टै प्रशंगामा उनले संघीय समाजवादी फोरम नेपालसँग पार्टी एकताका लागि छलफल भइरहेको बताए ।

प्रदेशका नाममा जनता लडाएर मुलुक बिखण्डन गर्न खोजिएकाले सबै शक्तिले मिलेर त्यसको प्रतिबाद गर्नु पर्ने उनले बताए। सो अवसरमा बोल्दै पार्टीका ५ नम्बर प्रदेशका संयोजक डाक्टर सुरेन्द्र चौधरीले संविधान केही अपुरो रहे पनि संबिधान कार्यान्वयनमा नलागे बिगतका आन्दोलनको उपलब्धि गुम्न सक्ने बताए।

प्रकाशित मिति: Dec 6, 2016

प्रतिक्रिया दिनुहोस्