Logo
४ बैशाख २०८१, मंगलबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्तो हुन्छ गर्भको बच्चा खतरामा रहेको संकेत

pregnant-woman-01-1456807861

डा. बबिता थापा, स्त्रीरोग विशेषज्ञ, लुम्बिनी मेडिकल कलेज,पाल्पा

गर्भावस्थामा विभिन्न परिवर्तन भइरहेका हुन्छन् । कहिलेकाहीँ बान्ता हुनु, हातखुट्टा गल्नु, पेटमा असजिलो हुनुजस्ता सामान्य लक्षण देखिन्छन् । तर, यिनै सामान्य लक्षणले कहिलेकाहीँ गर्भको बच्चामाथि असामान्य नतिजा निम्त्याउन सक्छ । गर्भको बच्चा खतरामा रहेको संकेत दिने केही लक्षणबारे स्त्रीरोग विशेषज्ञ डा. बबिता थापाले जानकारी दिएकी छिन्ः

गर्भ बसेको २२ हप्तासम्म र गर्भ बसेको २८ हप्तापछिको अवधिमा रक्तश्राव भयो भने राम्रो संकेत मानिदैन । २२ हप्ताअघिको रक्तश्रावले बच्चा खेर जान सक्छ भने २८ हप्तापछि रक्तश्राव भएमा बच्चा सालबाट छुटेको या हुनुपर्ने स्थानभन्दा तल बसेको संकेत हुन सक्छ ।

गर्भावस्थामा नराम्रोसँग पेट दुखेको महसुस भयो भने साल बच्चाबाट छुट्टिएर बसेको या बच्चा ठीक ठाउँमा नरहेको संकेत हुन सक्छ ।

दिनमा दुई–तीनपटकभन्दा बढी तारन्तार बमिट हुन्छ भने आमाको स्वास्थ्यमा समस्या भएको बुझ्नुपर्छ । २२ हप्ताअघि लगातार बमिट हुनु आमामा जलवियोजन भएको र २८ हप्तापछि लगातार बमिट भएमा उच्च रक्तचापको समस्या रहेको हुन सक्छ । आमामा हुने यो समस्याले बच्चालाई पोषणको अभाव हुन्छ ।

१२ घन्टामा बच्चा १० पटकभन्दा कम चलेमा गर्भभित्र बच्चालाई अप्ठ्यारो भएको हुन सक्छ । बच्चा कति समय चलेको छ भन्ने ख्याल आमाले नै गर्नुपर्छ । पहिलो बच्चा गर्भमा रहेको २० हप्तापछि र त्यसपछिका बच्चा गर्भ बसेको १८ हप्तापछि चले/नचलेको थाहा हुन्छ ।

चौलानीजस्तो देखिने पिसाब धेरै नै जाँदा, सेतो पानी बग्दा, पिसाब फेरेपछि तल्लो पेट दुख्दा या पिसाबमा रगत देखिँदा बच्चालाई गर्भभित्रै संक्रमण हुन सक्छ । वेलैमा उपचार नगरिए बच्चाको ज्यानमै खतरा हुन सक्छ । नयाँ पत्रिकाबाट

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्