Logo
७ बैशाख २०८१, शुक्रबार
(December 5, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘चायवाला’ को म्युजिक भिडियो सार्वजनिक ! 

chaiwalaएकैदिनमा सोसल मिडियाको सेन्सेसन बन्न सफल अर्सद खान, पाकिस्तानी ‘चायवाला’ पुनः लाइमलाइटमा आएका छन् । उनलाई समर्पित गरेर बनाइएको म्युजिक भिडियोमा मोडलिङ गरेर उनी एक पटक फेरी चर्चामा आउन सफल भएका हुन् । उस्माइस खानले निर्देशन गरेको उक्त म्युजिक भिडियोलाई पाकिस्तानको ‘लिल माफिया मुन्दिर’ नामक एक ब्याण्डले निर्माण गरेको छ ।

भिडियो रिलिज भएको एक हप्ता नबित्दै यसलाई १३ लाख मानिसहरुले हेरिसकेका छन् तर भिडियोमा धेरैले नकारात्मक टिप्पणी दिएका छन् । गीतको बोललाई धेरैले नराम्रो भनी टिका टिप्पणी गरेका छन् ।उता पाकिस्तानका ‘चायवाला’ ले यत्रो चर्चा बटुलिरहेका बेला यता नेपालकी ‘तरकारीवाली’ आफ्नो पढाईमा व्यस्त छिन् ।

विभिन्न फिल्ममा र मोडलिङका लागि अफर आएपनि उनले अहिले आफ्नो पढाईलाई नै निरन्तरता दिने भन्दै सबै अफरहरु लत्याएकी छिन् । केही संघ संस्थाले उनको पढाइलाई मद्दत पुगोस् भनी आर्थिक सहयोग गरेका छन् ।

प्रकाशित मिति: Dec 5, 2016

प्रतिक्रिया दिनुहोस्