Logo
८ बैशाख २०८१, शनिबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कपडै नलगाई प्रेमी फकाउन कुदेकी थिइन् परवीन बबि

manoranjan-newsएजेन्सी, मंसिर १७  ।  प्रेममा मानिस जे पनि गर्न तयार हुन्छ। सामान्य मानिस मात्र नभएर सेलिब्रेटी तथा ठूलाबडा चर्चित मानिस पनि प्रेमका लागि अनेक काम गरेका खबर आइरहेका हुन्छन्। यस्तै प्रेमका लागि जे गर्नपनि तयार भएकी एक बलिउड अभिनेत्री हुन् परवीन बबि। परवीन आफ्नो अभिनय करियरमा उच्च स्थानमा थिइन् जब उनले निर्देशक महेश भट्टलाई मनपराएकी थिइन् ।

दुवै जनाको प्रेमले निकै चर्चा पाएको थियो। त्योबेला भट्ट विवाहित थिए भने परवीन कबिर बेदीसँगको सम्बन्ध ट्टेर अघि बढिरहेकी थिइन्।

भट्ट र परवीनको प्रेम झांगिदै गएपछि उनीहरु सँगै बस्न थाले। दुवै जनाले एकअर्कालाई निकै प्रेम गर्थे। परवीन निकै चर्चित स्टार भएपनि उनले भट्टलाई घरमा साधारण महिलाले जस्तो प्रेम गर्ने गरेको बताइन्छ। यतिसम्म कि परवीनले भट्टलाई फकाउन आफू नग्न भएको पनि थाहा नपाएको बताइँदै आएको छ।

उनीहरु सँगै बस्ने बेला एक रात जब भट्ट परवीनसँग रिसाएर बाहिर गएका थिए तब परवीन पनि उनको पछि पछि दौडेकी थिइन्। उनले भट्टलाई फकाउने कुरामा यति ध्यान दिइछिन् कि उनको शरिरमा कुनै कपडा नभएको समेत याद गरिनन्।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्