Logo
७ बैशाख २०८१, शुक्रबार
(December 2, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अधुरो संशोधन प्रस्तावको सरगर्मी: कतै समर्थन, कतै बिरोध

bicc-newsकाठमाडौँ । सरकारले संविधान संशोधनसम्बन्धि विधेयक व्यवस्थापिका संसद्मा दर्ता गराएपछि राजनीतिक सरगर्मी बढेर गएको छ । सत्तारुढ दलले संशोधन प्रस्तावमा सहमति जुटाउन छलफल र संवाद तिव्र पारेको छ भने विपक्षी दलले त्यसको विरोध व्यापक बनाएका छन् । बिहिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आह्वानमा सत्तारुढ दल र मधेसी मोर्चाबीच छलफल भएको छ ।

छलफलमा प्रधानमन्त्री प्रचण्डले मोर्चाको माग सम्बोधन गर्नका लागि ल्याइएको प्रस्तावलाई मोर्चाले नै विरोध गरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए । उनले मोर्चालाई अहिलेको संविधान संशोधन प्रस्तावलाई समर्थन गरेर चुनावमा जान आग्रह गरेका थिए ।

यता, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने संशोधन प्रस्तावको विरोधलाई कायम राख्दै संसद् अवरुद्ध पारेको छ । बैठक शुरु भए लगत्तै बामदेव गौतमले प्रस्तावको विरोध गर्दै धारणा राखेपछि एमाले नेताहरुले सदन अवरुद्ध गरेका थिए । उता, सत्तारुढ दल नेपाली कांग्रेसका मधेसी नेता तथा सांसद्हरुले संशोधन प्रस्तावको समर्थनमा विज्ञप्ति जारी गरेका छन् ।

५ नम्बर प्रदेश टुक्राउने प्रस्ताव ल्याएको विरोधमा विभिन्न जिल्लाहरु बन्द रहे भने अन्य जिल्लाहरुमा पनि विरोध प्रदर्शन यथावत रहेका छन् ।

प्रकाशित मिति: Dec 2, 2016

प्रतिक्रिया दिनुहोस्