Logo
४ बैशाख २०८१, मंगलबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सप्तरीमा विकास तिवारीको आज नवौं दिन पनि अनसन जारी

aansan_bikash_tiwariकाठमाडौं, मङ्सिर १६ । सप्तरी जिल्लाको राजविराज स्थित सगरमाथा अञ्चल अस्पतालको भौतिक स्थिति, उपकरणजन्य र जनशक्ति तथा सेवा प्रवाहको सुधार एवं स्तरोन्नतिका लागि आमरन अनसन आज नवौं दिन पनि जारी छ । राजविराजस्थित अीपतालको प्राङ्गणमा नेपाल सदभावना पार्टी गजेन्द्रवादीका अध्यक्ष विकास तिवारीले संविधान पदत्त स्वास्थ्य सम्बन्धी मौलिक अधिकारको सुनिश्चतता र अस्पतालमा आवश्यक उपकरणको प्रबन्धन एवं विशेषज्ञ जनशक्तिको व्यवस्थापनको माग गर्दै अनसनमा बस्दैआएका छन् ।

अस्पताल प्रशासनको हेलचक्रयाइँ र स्वास्थ्य मन्त्रालयको बेबास्ताका कारण अस्पतालमा नियमित सरसफाई र स्वच्छ खानेपानीको समेतको व्यवस्था हुन सकेको छैन । अनसनको नवौं दिन भए पनि मागलाई सम्बोधन गराउन सम्बद्ध निकायहरुको ध्यानाकर्षण हुन सकेको छैन ।

अनसनकारीहरुसँग वार्ता गर्न मानव अधिकार रक्षक सञ्जालको क्षेत्रीय कार्यालय विाटनगरले प्रेस वक्तव्य जारी गरेर अनसनकारीहरुको प्राण रक्षा गर्न वार्ताको माध्यमबाट समस्याको समाधान खोजिनुपर्ने बताए पनि अन्य मानव अधिकारसम्बद्ध संस्थाहरुको गम्भीर ध्यानाकृष्ट भएको छैन् । अनसनकारी तिवारीको मागप्रति एक्यबद्धता जनाउँदै आएका सप्तरीबासीहरुले प्रश्न गर्न थालेका छन्–‘ काठमाडौंका मानव अधिकारवादी कहाँ छन् ?

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्