Logo
१४ बैशाख २०८१, शुक्रबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ट्रमको ध्यान व्यापार छाडेर अब राष्ट्रपति कार्यलयतिर

trampवासिङटन । अमेरिकाका नव निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आइन्दा ‘बिजनेस’ छाड्ने बताएका छन् । उनले आउँदो महिना पत्रकार सम्मेलन गर्दै राष्ट्रपतिमा ध्यान केन्द्रित गर्न व्यापारसँगको साइनो तोड्ने घोषणा गरेका छन् । उनले परिवारको उपस्थितिमा यस्तो घोषणा गर्न लागेको जानकारी गराएका छन् ।

ट्रम्प राष्ट्रपति भएसँगै अमेरिकामा उनको व्यापार सञ्जाललाई लिएर टिप्पणी सुरु भएका थिए । ट्रम्पको व्यापार अमेरिकासँगै हङहङ, भारतको मुम्बई आदि ठाउँमा पनि रहेको छ । तर उनको यो घोषणाको खबर सेलाउन नपाउँदै गोल्डम्यान साका पूर्व कार्यकारी स्टिभन मुन्चिनले ट्रम्पलाई कोष सचिवमा नियुक्त गरेको खबरको पुष्टि गरेका छन् ।

ट्रम्पको चुनावी अभियानमा फाइनान्स निर्देशकको जिम्मेवारी समेत सम्हालेका स्टिभनले अर्बपति लगानीकर्ता विलबर रोसलाई वाणिज्य सचिवमा नियुक्त गरिएको खबर सार्वजनिक गरेका छन् । तर ट्रम्प आफैंले भने खबरको पुष्टि गरेका छैनन् । यता उनको नियुक्तिको चर्चा चलिरहँदा ट्रम्पले भने २० मिनेट भित्र ४ वटा ट्विट गर्दै आफू व्यापारबाट अलग्गिने घोषणा गरिरहेका थिए ।

उनको ट्विटमा भनिएको छ, ‘डिसेम्बर १५ मा म आफ्नो परिवारका साथ न्युयोर्कमा एउटा सम्मेलन गर्नेछु र त्यहाँ अमेरिकालाई महान देश बनाउने अभियानमा लाग्न व्यापार छाडेर पूर्णतया राष्ट्रपतिको काम कारवाहीका लागि काम गर्नेछु ।’ अर्को ट्विटमा उनले भनेका छन् ,‘यद्यपि कानुनमा मैंले छाड्नै पर्छ भन्ने बाध्यता छैन तर व्यापार राजनीतिको द्धन्द्धमा म नफसुँ भनेर मैंले व्यापार छाड्ने निर्णय गरेको हुँ ।’
ट्रम्प राष्ट्रपतिमा निर्वाचित भएलगत्तै पूर्व राष्ट्रपतिहरुलेले ट्रम्पको व्यापार र राजनीति मिसिन सक्ने शंका व्यक्त गर्दै आएका छन् । ट्रम्पले आउँदो जनवरीको २० तारिखमा पदभार ग्रहण गर्दैछन् । तर यही सम्बन्धमा न्युयोर्क टाइम्सले सोधेको प्रश्नमा भने ट्रम्पले आफूले दुवै कुरा राम्ररी सम्हाल्न सक्ने बताएका थिए । ट्रम्पका तीन सन्तानले ट्रम्पको व्यापार सम्हाल्दै आएका छन् ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्