Logo
१९ बैशाख २०८१, बुधबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुहागरातमै फसिन् यी महिला, देवर र पतिले नै गरे यस्तो हर्कत

rochak-newsएजेन्सी । विहेपछि हरेक महिलाको सपना हुन्छ कि उनी आफ्नो श्रीमानसँग सौहार्दपूर्व वातावरणमा आफ्नो बाँकी जिन्दगी विताउ । तर, भारतको आगरामा ७ नोभेम्बरको एक विहे भयो र सुहागरातमै दुलहीसँग यस्तो व्यवहार भयो कि बताउँदा उनी काप्न थालिन् ।

यहाँ सुहागरातमा दुलहीसँग अप्राकृतिक सेक्सको प्रयास भयो र विरोध गर्दा चक्कु प्रहार गरेर घाइते बनाइयो ।  पीडित महिलाका अनुसार सुहागरातमा पतिभन्दा पहिला देवरले कोठामा घुसेर अश्लील हर्कत गरेका थिए ।

यस्तो छ पूरा घटनाः

–आगराको शाहगंज प्रहरी थाना क्षेत्रमा ७ नाभेम्बरका दिन एक व्यवसायीले आफ्नी छोरीको विहे ट्रान्सपोर्टर रितेश अरोडासँग गरिदिएका थिए ।

– विहेमा २४ लाख रुपैयाँ खर्चपछि केटापक्षको माग बढ्न थाल्यो ।

– जयमालापछि दुलाहा पक्षले दाइजोमा होण्डा सिटी कारम मागे ।

– दुलहीका अनुसार उनका बुवाआमाले दुलाहाको माग पूरा गर्न नसकिने भन्दा दुलही लग्न मानेनन् ।

– पाहुना र बुढापाखा मानिसको दबाबपछि दुलाहाको परिवारले दुलहीलाई लग्न तयार भयो । र आमाबुवाले विदाइ गरेर छोरी पठाए ।

– घर पुगेपछि दुलहीलाई धुमधामका साथ भित्र्याइयो ।

– त्यसपछि सुहागरातको तयारी गरिएको कोठामा दुलहीलाई राखियो ।

– त्यो कोठामा पहिला त देवर घुसे र भाउजूसँग अश्लील हर्कत गर्न थाले ।

– जब दुलहीले विरोध गरिन तब देवरले कुट्न थाले ।

– दुलही आवाज निकाल्दै त्यहाँबाट भागिन ।

– राति करिब ९ बजे पति मदिरा पिएर कोठामा आए र दुलहीले केही बोल्न नपाउँदै उनसँग जबरजस्ती अप्राकृतिक सेक्स गर्ने प्रयास गरे । विरोध गर्दा दुलहीलाई चक्कु प्रहार गरेर सख्त घाइते बताए ।

– जब दुलही चिच्याइन तब सासु ससुरा आए । दुलहीले आफूमाथि भएको दुर्व्यवहारबारे बताउँदा उल्टै आफ्नो छोराको पक्षमा उभिएर सासुससुराले उनलाई नै कुट्न थाले ।

– त्यसपछि दुलही ठूलो स्वरले चिच्याएको आवज सुनेर छिमेकी आइपुगे र दुलहीका माइतीलाई खबर गरे ।
सञ्चारमाध्यमका अनुसार यो घटना अहिले प्रहरी चौकी पुगेको छ । दुर्व्यवहार गर्ने पति र देवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्