Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

५ नम्बर प्रदेशका जिल्लाहरु आज पनि अशान्त, बिहानैदेखि प्रदर्शन

1-3

काठमाडौं, १६ मंसिर । ५ नम्बर प्रदेशका जिल्लाहरु आज पनि अशान्त छन् । ५ नम्बर प्रदेश टुक्राउने गरी संसदमा दर्ता भएको संविधान संशोधन प्रस्तावका विरुद्ध सो प्रदेश अन्तरर्गतका विभिन्न जिल्लाहरु आज पनि बिहानैदेखी अशान्त बन्न पुगेका हुन ।

बुटवल, भैरहवा, अर्घाखाँची, पाल्पा, गुल्मी लगायतका जिल्लाहरुमा आज पनि बिहानै देखि प्रदर्शन भैइरहेका छन् ।  बन्दका कारण बुटवल लगायत रुपन्देहीको जनजीवन प्रभावीत बनेको छ ।

अनिश्चितकालीन रुपन्देही बन्दको आव्हान गरेको अनेरास्ववीयु लगायतका विद्यार्थी तथा अखण्ड प्रदेश नम्बर ५ दवाव अभियान लुम्बिनी लगायतको अगुवाइमा प्रद्धर्शन सुरु भएको हो ।

बुटवलको राजमार्ग चौराह,मिलनचौक बसपार्क ,पुष्पलाल पार्क लगायतका क्षेत्रमा विद्यार्थी, व्यवसायी, नागरिक अगुवादेखि सर्बसाधारणहरु स्वतस्फूर्त सडकमा उत्रिएका छन् । केन्द्रमा सिमांकन संशोधनमा सहमत देखिएका सबै दलका कार्यकर्तासमेत विरोधमा उत्रीएका छन् ।
बन्दका कारण पूर्वपश्चिम राजमार्ग तथा उत्तरदक्षिण सिद्धार्थ राजमार्गमा चल्ने सवारी ठप्प छन् ।

बन्दकर्ताले अवरोध गरेपछि भित्री सडकमा समेत सवारीचलेका छैन् । बजार , पसल, औद्योगीक प्रतिष्ठान , शिक्षणसस्था सबै बन्द छन् । सडकमा नाराजुलुस सहित टायर बालिएका छन् । स्तहस्फुर्त सडकमा उत्रीएका युवाले प्रदर्शनमा पाँच नम्बर प्रदेश टुक्राउन पाईदैन, संविधान संशोधन चाइदैन, हिमाल पहाड तराई कोही छैन पराई देश बचाऔं, राष्ट्रियता जोगाऔं लगायतका नारा लगाएका छन् ।

बन्दमा बुटवल उद्योग वाणिज्य संघ, रुपन्देही व्यापार संघ लगायतका उद्योगी तथा व्यापारीक संघसस्थाहरु पनि आन्दोलनमा जुटेका छन् । त्यस्तै, पहाडि जिल्ला पाल्पा, अर्घाखाँची, गुल्मी, रोल्पा, प्युठान छुट्याउने प्रताव अविलम्ब फिर्ता नहुदाँसम्म आन्दोलन जारी राख्ने प्रद्धर्शनकारीहरुले चेतावनी दिएका छन् ।

५ नम्बर प्रदेश भुगोलका हिसावले पहाड र तराई मिलेर र प्राकृतिक स्रोत साधन, सस्कृति र सामिप्यता समेटिएकाले दलहरुले हिमाल,पहाड र तराईलाई अलग गरेर प्रदेश सिमांकन गरे देश नै टुक्रन सक्ने उनीहरुको चेतावनी छ ।

यस्तै आज पाल्पा,अर्घाखाँची, बन्द छ । गुल्मीमा प्रदर्शन भैइरहेको छ । रोल्पा, प्यूठानमा समेत बिहानैदेखी प्रदर्शन भैइरहेको खबर छ ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्