Logo
२७ माघ २०८१, आईतबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा.केसीका मागप्रति सम्पादकहरुको ऐक्यबद्धता

editorswithdrkcकाठमाडौं । मेडिकल शिक्षाका बेथितिविरुद्ध आमरण अनसनरत अनसरत डा.गोविन्द केसीका मागप्रति देशका मुख्य मिडियाका सम्पादकहरुले ऐक्यबद्धता जनाएका छन् । कान्तिपुर दैनिक,  नागरिक दैनिक, रिपब्लिका अंग्रेजी दैनिक, द काठमाडौं पोष्ट अंग्रेजी दैनिक, द हिमालयन टाइम्स अंग्रेजी दैनिक, कान्तिपुर टेलिभिजन, सेतोपाटी डट कम, बाह्रखरी डट कम, नेपाल साप्ताहिक, हिमाल खबरपत्रिका सम्पादक त्रिवि शिक्षण अस्पताल पुगेर बिहीरका डा.केसीका आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।

प्रतीक प्रधानले डा.केसीले उठाएका मुद्दा समाज र देशका जेन्युन मुद्दा भएकाले यो विषयलाई बेवास्ता गर्नेहरु सच्चा मिडिया हुन नसक्ने बताए । काठमाडौं पोष्टका प्रधान सम्पादक अखिलेश उपाध्यायले डा.केसीले निष्ठाको संघर्ष गरेको भन्दै बिग्रँदो उनको स्वास्थ्यप्रति चिन्ता व्यक्त गरे ।

‘यो निष्ठाको संघर्ष हो। नैतिकवान व्यक्तिले मात्र यस्तो संघर्ष गर्न सक्छ। यो आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै तपाइँको बिग्रँदो स्वास्थ्यस्थिति प्रति हामी सम्वेदनशील भएका छौं’, उनले भने। सेतोपाटीको प्रमुख लेखक नारायण वाग्लेले डा.केसीलाई बिग्रँदो आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरे। ‘तपाइँ अनसनमा रहे पनि नरहे पनि मिडिया तपाइँले उठाएका मुद्दाका पछाडि सधैँ छ। तपाइँ आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्ने बेला भएको छ’, उनले भने।

बाह्रखरी डट कमका प्रधान सम्पादक प्रतीक प्रधानले डा.केसीले उठाएका मुद्दा समाज र देशका जेन्युन मुद्दा भएकाले यो विषयलाई बेवास्ता गर्नेहरु सच्चा मिडिया हुन नसक्ने बताए ।  हिमालयन टाइम्सका प्रधान सम्पादक प्रकाश रिमालले सामाजिक उद्देश्यका लागि चलाइएको यो अभियानमा मिडियाको सधैँ साथ र सहयोग रहने बताए।

ऐक्यबद्धता जनाउने कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, रिपब्लिका अंग्रेजी दैनिकका सम्पादक सुभाष घिमिरे, कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मा, हिमाल खबरपत्रिकाका सम्पादक किरण नेपाल, नेपाल म्यागेजिनका सम्पादक प्रशान्त अर्याल सहभागी थिए।

अमरण अनसन १९ औं दिन पुग्दासम्म उनका मागको सुनुवाइ नभएपछि सम्पादकहरु त्रिवि शिक्षण अस्पताल पुगेर डा.केसीलाई भेट गरेका हुन्। उनीहरुले बिहीबार नै साझा अपिल जारी गर्ने तयारी गरेका छन्।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्