Logo
१५ बैशाख २०८१, शनिबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालको जीतविहिन यात्रा जारी, थाइल्याण्डसँग ८ विकेटले पराजित

nepali-women-cricketकाठमाडौँ ।  थाइल्यान्डमा जारी एसिसी महिला एसिया कप टि–ट्वान्टी क्रिकेट प्रतियोगिताअन्तर्गत चौथो खेलमा नेपाल थाइल्याण्डसँग ८ विकेटले पराजित भएको छ । आयोजक थाइल्यान्डले नेपालले प्रस्तुत गरेको ६४ रन को लक्ष्य मात्र १६ ओभरमा २ विकेट गुमाएर पछ्यायो ।

थाइल्याण्डलाई जीत दिलाउन ओपनर सिरिन्त्रा सेइङ्सकाओरातले सर्वाधिक २७ रनको योगदान दिइन् । अर्की ओपनर नताकान चान्थामले २४ रन बनाइन् । नेपालका लागि सिरता मगरले २ विकेट लिइन् । यसअिघि, बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीको खेल मैदानमा टस जितेर नेपालले पहिलो ब्याटिङ गरेको थियो ।

नेपालले राम्रो शुरुवात गरेपनि त्यसलाई निरन्तरता दिन नसक्दा १९.५ ओभरमा ६३ रनमा अलआउट हुन पुग्यो । ७ औँ ओभरमा बिना कुनै विकेट ३० रन बनाएको नेपालको त्यसपछि नाटकीय पतन भएको थियो ।

७.२ ओभरमा १६ रन बनाएकी ज्योती पाण्डे आउट भएपछि नेपालले एकपछि अर्को विकेट गुमाउँदै गयो । अर्की ओपनर सिता मगरले ९ रन बनाइन् भने रुबिना क्षेत्रीले ८ रनको योगदान दिइन् ।

थाइल्याण्डका लागि सोर्नरिन तिपोच र सुलेपोर्न लाओमीले २–२ विकेट लिइन् । जारी प्रतियोगितामा यसअघि तीन खेल खेलेको नेपाल तीनै खेलमा पराजय भोग्दै अङ्क विहीन छ ।

नेपालले पहिलो खेलमा पाकिस्तानसँग नौ विकेटले पराजित भयो भने दोस्रो खेलमा श्रीलङ्कासँग आठ विकेटको लज्जास्पद हार बेहारेको थियो ।

त्यतिबेला नेपालले जम्मा २३ रन मात्र जोडेको थियो, जुन नेपाली महिला क्रिकेट इतिहासकै अत्यन्त न्यून स्कोर हो । यसअघि सन् २०१४ को इन्चोन एसियाली खेलकुद प्रतियोगितामा नेपालले बङ्गलादेशविरुद्ध खेलमा २६ रन बनाएको थियो ।

त्यसैगरी मङ्गलबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ९२ रनले पराजित हुन पुग्यो । लामो समयदेखि देशभित्र खेल्ने वातावरण पाउन नसकेको महिला टोलीले थाइल्यान्डमा पनि सन्तोषजनक नतिजा हात पार्न सकेन ।

प्रतियोगितामा आयोजक थाइल्यान्डबाहेक नेपालको सबै प्रतिद्वन्द्वी पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र भारत टेस्ट राष्ट्र टोली हुन् ।नेपालले अन्तिम खेलमा भारतको सामना गर्नेछ ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्