Logo
७ बैशाख २०८१, शुक्रबार
(December 1, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

डा केसीले आज अनसन तोड्नेः माग पुरा गर्न मध्यमार्गी बाटो

dr-kc-with-pmकाठमाडौं १६ मंसिर । आमरण अनसनमा बसेको १९ दिनमा डा गोविन्द केसीको अनसन आज तोडिने भएको छ । आमरण अनसनरत प्राध्यापक डा. गोविन्द केसीको माग सम्बोधनमा सरकारले मध्यमार्गी बाटो खोजेपछि केसी आमरणन अनसन तोड्न सहमत भएका छन् । मुख्य मागमा रुपमा देखिएको डिन नियुक्तीमा नयाँ मापदण्ड बनाउने र अब त्यही मापदण्ड अनुसार अघि बढ्न सरकार सहमत भएको छ ।

त्रिभुवन विश्वविद्यालयका उपकुलपति तिर्थ खनियाँ र आईओएमका डीन डाक्टर केशब प्रसाद सिंहको बर्खास्तगी केसीले मुख्य मागका रुपमा अघि सारेका थिए । तत्काल बर्खास्थ नगर्ने तर नियुक्तको नयाँ मापदण्ड बनाएर कहिल्यैपनि विवाद नआउनेगरि प्रतिस्पर्धामा नियुक्ती गर्नेमा सहमति बनेको छ । शिक्षा मन्त्रालयका सचिव शान्तबहादुर श्रेष्ठले आज वार्तामा सहमति हुने र आजै केसीले आमरण अनसन तोड्ने दावी गरे ।

श्रेष्ठले भने ‘वार्ता सहमतिको नजिक पुगिसकेको छ आज सहमति गरेर डा केसीले आजै अनसन तोड्नेमा म विश्वस्थ छु । ’ सरकारी चिकित्सक संघ नेपाल गोदानले आमरण अनसनरत डाक्टर गोविन्द केसीले उठाएका माग २४ घण्टाभित्र सम्बोधन नभए सेवा ठप्प पार्ने चेतावनी दिएको छ । अनसनको १८ औं दिनसम्म पनि समस्या समाधान नभएको भन्दै गोदानले हिजो बिज्ञप्ति जारी गरी २४ घण्टे अल्टिमेटम दिएको हो ।

प्रकाशित मिति: Dec 1, 2016

प्रतिक्रिया दिनुहोस्