Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘दह्रो साथ, प्रेमिल हात र मिठा सौगातका लागि धन्यवाद’

sitaram-kunjanaकाठमाडौं ।  धुर्मुस, सुन्तलीको विवाह भएको आज ८ वर्ष पूरा भएको छ । विवाहको वर्षगाँठमा सिताराम कट्टेल ‘धुर्मुस’ ले आफ्नी अर्धाङ्गिनी कुञ्जना घिमिरे ‘सुन्तली’ लाई मिठा शब्दहरुको साहारा लिएर उनीप्रति आफ्नो आभार व्यक्त गरेका छन् । सुरुमा चार लाइनको कविता लेखेर उनले आफ्नो विवाह २०६५ सात मंसिर १४ गते भएको जानकारी दिए । उनले कुञ्जनाको साथ पाएपछि आफ्नो जीवनमा धेरै सकारात्मक परिवर्तन भएको लेखेका छन् ।

‘२०६५ साल मंसिर १४ गतेपछिका दिन, मैले को साथ पाएको दिन, एकअर्कामा सर्मपित भएको दिन, हाम्रो पाइलासँगै अघि बढेको दिन, जसले हाम्रो कलाकारिताको लोकप्रियता बढ्दै गयो ,’ उनी लेख्छन्, ‘जीन्दगी अघि बढाउन सहज हुँदै गयो । र अहिले सामाजिक काममा मन एक भएर लाग्यो । तिम्रो साथ बेगर अहिले जति कर्म गरियो त्यो सबै असम्भव थिए ।

यति दह्रो साथ, प्रेमिल हात र मिठा मिठा सौगातका लागि आभारी छु । तिम्रो हातको साहारा लिएर अघि बढ्दै गर्दा अझै धेरै कामहरु फत्ते हुनेमा विश्वस्त छु ।’

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्