Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जनकपुरमा  विवाहपञ्चमी महोत्सव आजदेखि सुरु

janki-mandirजनकपुर । प्रत्येक वर्षझै यस वर्ष पनि त्रेता युगमा भगवान राम र सीताको विवाह भएको सम्झनामा धुमधामसँग मनाइने सप्ताहव्यापी रामजानकी विवाहपञ्चमी महोत्सव आजदेखि विधिवत रुपमा सुरु भएको छ ।

विवाह पञ्चमी महोत्सवको अवसरमा जानकी मन्दिरमा धार्मिक कथा तथा राम कथा र झाँकीहरु पनि प्रदर्शन गरिन्छ । राम कथाको लागि लागि भारतबाट बिजय लक्ष्मीजी र मारुती किंकरजी जनकपुर आएका छन् ।

विवाह पञ्चमी महोत्सवको पहिलो दिन आज जनकपुर नगर दर्शन, दोश्रो दिन १५ गते फुलवारी लिला, तेश्रो दिन १६ गते दिन धनुष यज्ञ, चौथो दिन १७ गते तिलकोत्सव, पाँचौ दिन १८ गते मटकोर कार्य, छठौं दिन १९ गते शुभविवाह र सातौं दिन २० गते राम कलेवाको आयोजना गरिएको जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासले जानकारी दिएका छन् ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्