Logo
१३ बैशाख २०८१, बिहीबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘संविधान संशोधनमा बाबुरामको समर्थन’

baburam_prachandaकाठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराईवीच आज भेट भएको छ । दुई नेतावीच प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा भेट भएको हो । आज बसेको पार्टी पोलिटव्यूरो वैठकमा प्रधानमन्त्री प्रचण्डले भेटवारे जानकारी गराएका हुन् ।

प्रधानमन्त्रीले वैठकमा बताए अनुसार भेटमा संविधान संशोधनका विषयका कुराकानी भएको थियो । डा.भट्टराईले संशोधनमा आफ्नो समर्थन रहेको जनाएका थिए । संविधानलाई लावारिस हुन दिनुभएन, सवैका माग सम्बोधन गरेर कार्यन्वनमा लैजान पर्यो भन्ने डा.भट्टराईको भनाई थियो ।

डा.भट्टराईले संविधान कार्यनवयन भए देश दुर्घटनमा जाने बताएका थिए । नयाँ शक्तिका संयोजक डा.बाबुराम भट्टराई र संघीय समाजवादी फोरमका नेता उपेन्द्र यादवले सोमवार संयुक्त विज्ञप्ती जारी गर्दै संविधान संशोधनका एजेन्डामा एकरुपता देखाएका थिए । तर, नयाँ शक्ति संसदमा भने छैन । भेटवारे डा.बाबुराम भट्टराईपक्षबाट केही कुरा बाहिर आएको छैन ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्