Logo
६ बैशाख २०८१, बिहीबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीलंकाको ब्युटी पेजेन्टमा नेपाली पनि भाग लिने

miss-heriatge-photoकाठमाडौं । यस वर्षको अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘हेरिटेज पेजेन्ट २०१६’मा मञ्जु बन्जारा, आश्रा कुँवर र सिर्जना पुनले नेपालबाट भाग लिने भएका छन् । हेरिटेज पेजेन्टका लागि नेपालमा आधिकारिकता प्राप्त गरेको ग्रिनआर्ट मिडिया प्रालिले प्रतियोगी छनोट गरेको हो। आइतबार पत्रकार सम्मेलन गरी प्रतियोगीका बारेमा जानकारी गराइयो। प्रतियोगिता आगामी डिसेम्बर २ देखि १० सम्म श्रीलंकाको कोलम्बो सहरमा आयोजना हुनेछ।

मञ्जु बन्जारालाई ‘मिसेज नेपाल हेरिटेज’, आश्रा कुँवरलाई ‘मिस नेपाल हेरिटेज’ र सिर्जना पुनलाई ‘टिन नेपाल हेरिटेज’को ताज पहिर्‍याउँदै ग्रिनआर्टले ‘हेरिटेज पेजेन्ट २०१६’मा सहभागी हुन योग्य बनाएको हो। तीनलाई गत वर्षका मिसेज नेपाल पद्मिनी झा, मिस नेपाल अर्थ नग्मा श्रेष्ठ तथा मिस नेपाल हेरिटेज निशा पाठकले ताज पहिर्‍याइदिएका थिए।

पेजेन्टमा भाग लिनुअघि प्रतियोगीले कोरियोग्राफर अनिला श्रेष्ठसँग विभिन्न प्रशिक्षण हासिल गर्नेछन्। पेजेन्टमा उनीहरुले प्रज्वल श्रेष्ठ र ड्रिम वेयरले तयार पारेका पहिरन लगाउनेछन्।

हेरिटेज पेजेन्टमा यस अघि ई–प्लानेटको संयोजन र व्यवस्थापनमा सन् २०१४ मा नानी थापाले सहभागिता जनाएर इन्भाइरनमेन्ट एम्बास्डर अवार्ड जितेकी थिइन्। सन् २०१५ की सहभागी निशा पाठकले थर्ड रनरअपसहित इन्भाइरनमेन्ट ड्रेस अवार्ड नेपाल भिœयाएकी थिइन्।

प्रतियोगीसहित नेपालकी निर्देशक अनिला श्रेष्ठ आगामी शनिबार श्रीलङ्का प्रस्थान गर्दैछन्। ४० वर्षीया मञ्जु हाल डिजाइनरका रुपमा कार्यरत छिन्। भने २४ वर्षीया आश्रा इन्भाइरनमेन्टल साइन्सकी ग्य्राजुएट विधार्थी हुन्। उनी गीतकार र गायकाका रुपमा पनि चिँनिदै आएकी छन्। १९ वर्षीया सिर्जना गोल्डेन गेट कलेजमा अध्ययनरत् छिन्।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्