Logo
१२ बैशाख २०८१, बुधबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

औषधि ‘स्प्रे’ गरेपछि मात्र चीन प्रवेश अनुमति !

फाइल तस्विर
फाइल तस्विर

रसुवा । मर्मत हुन थालेको चिनियाँ सडकमा सुधार हुन थालेपछि सामान लिन केरुङ जाने ट्रक तथा कन्टेनरको सङ्ख्या क्रमशः वृद्धि हुन थालेको छ। सवारी साधनले रोग भित्र्याएको हुन सक्ने आशङ्का गर्दै मितेरी पुलमा प्रतिसवारी साधनमा १० वटा कीटनाशक औषधिको ‘स्प्रे’ गरेर मात्र चिनियाँ पक्षले ट्रक, कन्टेनर केरुङ पठाउने गरेको छ।

ट्राफिक प्रहरी, रसुवागढीका इन्चार्ज जयराम पुडासैनीका अनुसार आजदेखि चिनियाँ पक्षले दैनिक ५० वटा ट्रक तथा कन्टेनर केरुङतर्फ पठाउन थालेपछि नेपालतर्फको ट्राफिक जाममा केही कमी आएको छ । चिनियाँ भूभागका चौपायाहरुमा रोग लाग्न थालेको र सवारी साधनले रोग भित्र्याएको हुन सक्ने आशङ्का गर्दै मितेरी पुलमा प्रतिसवारी साधनमा १० वटा कीटनाशक औषधिको ‘स्प्रे’ गरेर मात्र चिनियाँ पक्षले ट्रक, कन्टेनर केरुङ पठाउने गरेको छ ।

शनिबार ३२ वटा मात्र सवारी साधन केरुङतर्फ गएका थिए भने आज मात्र ५० भन्दा बढी ट्रक, कन्टेनर केरुङ गएको बताइएको छ। रासस

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्