Logo
८ बैशाख २०८१, शनिबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

१२ वटा वल्र्ड रेकर्ड राखेकी हलिउड गायिका गागाका ८ विवादित प्रसंग

एजेन्सी । लेडी गागा हलिउड अभिनेत्री र गायिकाको रुपमा विश्वभर परिचित छन् । सन् २००८ देखि उनी लगातार हलिउड फिल्म र भिडियोका गीतहरु गाईरहेकी छिन् ।

त्यस्तै उनी स्टेज शोमा दमदार प्रस्तुती दिने गायिकाका रुपमा पनि परिचित छिन् । धेरै कमलाई थाहा होला लेडी गागाको नाममा १२ वटा गिनिज अफ वल्र्ड रेकर्ड दर्ता भएका छन् ।

तर उनी गिनिज रेकर्डका कारण भन्दा पनि विवादित कामहरुबाट चर्चामा आउँछिन् । लेडी गागाका ८ विवादित प्रसंगहरु यस्ता छन् ।

ब्रामा राईफल भएको ड्रेस लगाएर सबैलाई चकित पारिन्
सन् २०१३ मा क्यानडाको वैंकोवरमा भएको एक ईभेन्टको क्रममा लेडी गागाले निकै चर्चा बटुलिन् । कारण थियो उनको गेटअप । खास कुरा के भने उनी स्टेजमा ब्रा लगाएर पुगिन् । जसमा राईफल लगाईएको थियो ।

जब लाईभ ईभेन्टमा आफैलाई रगतले रंगाईन्
२०१० मा एक द मोस्ट बल टुरका क्रममा गागाले सबैलाई चकित पारिदिईन् । उनले प्रस्तुती दिँदा दिँदै आफूलाई रगतले रंगाएपछि सबै चकित परेका थिए

जब एक ईभेन्टमा अण्डरवेयरमा पुगिन्
२०१० मा न्युयोर्कमा भएको बेसबल गेम हेर्नको लागि उनी अण्डरवेयर लगाएर पुगिन् । जसले उनलाई निकै आलोचित बन्नु बनायो ।

जब मासुबाट बनेको ड्रेस लगाएर म्युजिक अवार्डमा पुगिन्
सन् २०१० मा लेडी गागाको चर्चा मासुले बनेको लुगा लगाएका कारण भएको थियो । उनले जनावरको वास्तविक मासुबाट बनेको ड्रेस लगाएर अवार्ड शोमा पुग्दा सबैको ध्यान उनीतिरै थियो । उनी यो ड्रेसका कारण आलोचित पनि बन्नु परेको थियो ।

जब बबल ड्रेस लगाएर ईभेन्टमा पुगिन्
सन् २०१० मा उनले एक कार्यक्रममा लगाएको ड्रेसले निकै चर्चा पायो । उनले बबल ड्रेस लगाएर पफर्म गरेपछि उनको चर्चा निकै भएको थियो।

जब ग्रेमी अवार्डको क्रममा अण्डामा बसेर ईन्ट्री मारिन्
२०११ मा लेडी गागाले त्यस समय चर्चा बटुलिन् जब उनी ग्रेमी अवार्डमा पलास्टिकको अण्डामाथि बसेर प्रवेश गरिन् ।

जब मयुजिक भिडियोमा जीससको मजाक उडाईन्
सन् २०११ मा लेडी गागा जीससको मजाक उडाएका कारण विवादमा आएकी थिईन् । उनले बोर्न दिस वे नामको भिडियोमा जीसस र जुडाससँग फ्लर्ट गरेकी थिईन् । त्यस कारण केही धार्मिक संगठनहरुले उनको विरोध गरेका थिए ।

जब आफ्नै फरफ्युमको लन्चीङ्गमा ढिला पुगिन्
सन् २०१२ मा लेडी गागाले आफ्नो फ्यानहरुलाई त्यस बखत रिसाउन हालिन् जब उनी लण्डनको हर्रोड्स स्टोरमा आफ्नै परफ्युमको लन्चिङ्गमा ढीला पुगिन् । गागा उक्त ईभेन्टमा एक घण्टा ढीला पुगेकी थिईन्

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्