Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 29, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राजधानीमै सिके राउतको भाषण: अव त चुप लागेर बस्न सकिन्नँ

ck-rautकाठमाडौं । सिके राउत नेतृत्वको स्वतन्त्र मधेश गठबन्धनले राज्यले चरम यातना दिने काम गरेको भन्दै आपत्ति जनाएको छ । मधेशलाई छुटै देश बनाउनुपर्ने माग गर्दै आएको मधेश गठबन्धनले शान्तिपूर्ण ढंगले आफना माग राख्दै प्रर्दशन गरिरहेका कार्यकर्तालाई गिरफतार गरी नियन्त्रणमा लिने र हिरासतमा लगेर चरम यातना दिने गरेको भन्दै आपत्ति जनाएको हो ।

मंगलबार काठमाडौमा पत्रकार सम्मेलन गरी स्वतन्त्र मधेश गठबन्धनका सिके राउतले भने –गत शुक्रबार रंगभेद विरोध दिवस मनाईरहेका आफना नेता कार्यकर्तालाई मधेशका विभिन्न जिल्लाबाट गिरफ्तार गरी चरम यातना दिएको छ । सिके राउत सहितका २ सय भन्दा नेता कार्यकर्तालाई तराईका विभिन्न जिल्लाबाट पक्राउ गरी चरम यातना दिएको छ ।

राउतले भने, राज्य आफैले गणतन्त्र र लोकतन्त्रको उपहास गरेको छ । –राज्यले हामीमाथि चरम यातना दिएकोले न्यायका लागि पहल गरी दिन नागरिक समाज र मानव अधिकारीवादी संघ संस्थालाई आग्रह गर्दछौँ । –राज्यले वर्ष दिन यता मात्रै ४० वटा भन्दा बढि राज्य द्रोहको मुद्दा लगाएको स्मरण गराउँदै अव चुप लागेर बस्न सकिन्नँ ।

राउतले भने, राज्यले चरम यातना दिदा पनि राष्ट्रिय मानव अधिकार आयोगले बेवास्ता गरेको भन्दै आयोग विरुद्ध आन्दोलन गर्ने दिनआउन सक्ने चेतावनी दिन चाहन्छौँ । न्यायका लागि अन्तराष्ट्रिय संघ संस्था धाउने दिन ननिम्त्याउन पनि आयोगलाई सजग गराउनु चाहन्छौँ ।

राउतले भने, गत शुक्रबार रंगभेद विरोधी दिवस मनाउदै गर्दा आफना २ सय बढी नेता कार्यकर्ता पक्राउ गरेको र उनीहरुमाथि राज्यले चरम यातना दिएको भन्दै गठबन्धनले पत्रकार सम्मेलन गरी त्यस तर्फ गम्भीर हुन सरकारको ध्यानमकर्षण गराएको हो ।

प्रकाशित मिति: Nov 29, 2016

प्रतिक्रिया दिनुहोस्