Logo
१९ बैशाख २०८१, बुधबार
(November 28, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महन्त ठाकुर भन्छन् चार बुँदे प्रस्ताव मान्य हुँदैन

Mahanth Thakurकाठमाडौं । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्त ठाकुरले सरकारले तयार परेको चार बुदे संशोधन प्रस्ताव मान्य नहुने चेतावनी दिएका छन् । बाँकेको नेपालगंजमा स्थानीय संचारकर्मीले राखेको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष ठाकुरले भने, प्रदेशको संख्या, अंगीकृत वैबाहिक महिलाको नागरिकताको सम्बन्धमा अन्तरिम संविधानमै भएको व्यवस्था अनुसार संशोधन प्रस्ताव नआए हामीलाई विद्रोहमा जानबाट कसैले पनि रोक्न सक्दैन ।

मधेशमा दुई प्रदेश बनाउने लगायतका विषयमा विगतमा भएको सहमति भन्दा पछि हटन नसकिने स्पष्ट छ । सरकारले एक हातमा बन्धुक र एक हातमा संविधान संशोधनको प्रस्ताव लिएर आउन खोजेजस्तो देखिएको छ । हामी डटेर सामना गर्छौँ । सरकारले तयार पारेको संविधान संशोधन प्रस्तावबारे म बेखबर छु ।

प्रकाशित मिति: Nov 28, 2016

प्रतिक्रिया दिनुहोस्