राप्रपा संसदीय दलको नेतामा थापा, उपनेतामा बोहरा
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को संसदीय दलको नेतामा पार्टी अध्यक्ष कमल थापा सर्वसम्मत निर्वाचित भएका छन् ।
सांसद दीपक बोहराको प्रस्तावमा थापा सर्वसम्मत संसदीय दलको नेता चयन भएका हुन् ।
सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बोहरालाई उपनेतामा चयन गरिएको छ । बोहरालाई उपनेतामा कमल थापाले प्रस्ताव गरेका थिए भने सांसदहरुले त्यसमा सहमति जनाएका थिए । मंसिर ६ को पार्टी एकतापछि राप्रपाको संसदमा ३७ सिट रहेको छ ।