Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एसिया कप टी–२० मा पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित

asia-cup-logoकाठमाण्डौ । एसिया कप टी–२० स् टी–२० महिला एसिया कपअन्तर्गत शनिबार बलियो टोली मानिएको पाकिस्तानसँग नेपाल ९ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको ४८ रनको झिनो लक्ष्य पाकिस्तानले मात्र १० ओभरमा सफलतापूर्व पछ्यायो । पाकिस्तानका लागि आयेशा जाफरले सर्वाधिक २६ तथा जाभेरिया वादुदले १६ रन बनाइन् ।

जाफर रन आउट भएकी थिइन् । यसअघि, थाइल्याण्डको बैंककमा भएको नेपालले पहिलो ब्याटिङ गर्दै सबै विकेटको क्षतिमा ४७ रन बनाएको थियो । नेपाल १८।१ ओभरमा नै अल आउट हुन पुग्यो । नेपालका एक मात्र खेलाडीले दोहोरो अंकमा रन जोडिन् । नेपालका लागि रुबिना क्षेत्रीले सर्वाधिक ११ बनाइन् भने ज्योति पाण्डे र इन्दु वर्माले ८–८ रनको योगदान दिए ।

पाकिस्तानकी अनाम अमिन साना मिर र अस्माभिया इक्बालले २–२ विकेट लिए । गत असोजमा भएको आइसिसी महिला विश्वकपअन्तर्गत एसिया छनौटमा दोस्रो भएपछि नेपालले एसिया कप खेल्ने मौका पाएको हो । नेपालले एसिय कप दोस्रो पटक खेलिरहेको हो ।

प्रतियोगितामा ६ राष्ट्र सहभागी रहेका छन् । नेपालसहित पाकिस्तान, भारत, बंगालदेश, श्रीलंका र थाइल्याण्ड प्रतिस्पर्धा गर्दैछन् । अब नेपालले दोस्रो खेलमा मंङ्सिर १३ मा श्रीलंकासँग सामना गर्नेछ भने त्यसपछि मङ्सिर १४ मा बंगालदेश, १६ मा थाइल्याण्ड र १७ मा भारतको सामना गर्नेछ । राउण्ड रोबिनको आधारमा खेलाइने यो प्रतियोगितामा शीर्ष दुई टोलीबीच उपाधिको लागि भिडन्त हुनेछ ।

प्रकाशित मिति: Nov 26, 2016

प्रतिक्रिया दिनुहोस्