Logo
१३ बैशाख २०८१, बिहीबार
(November 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मधेशबाटै झल्नाथले भने-‘संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य हुदैंन’

jhalnath-khanal-umपर्सा । नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले सरकारले ल्याउन लागेको संविधान संशोधनको प्रस्ताव एमालेलाई मान्य नभएको बताएका छन् ।

प्रेस चौतारी नेपाल पर्साले शनिबार वीरगन्जमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले सरकारले ल्याउन लागेको संशोधन प्रस्तावलाई मधेसी मोर्चाका नेताले नैं अस्वीकार गरेपछि प्रस्तावको औचित्यनै समाप्त भएको विचार व्यक्त गरे ।

उनले संविधान सभाबाट पारित भएको संविधानलाई लिएर मधेसी जनतामा कुनै समस्या नभएको, तर मधेसवादी दल र तिनका कार्यकर्तामा समस्या देखिएको बताए ।

नेता खनालले अहिले मुलुकलाई संविधान संशोधन भन्दा पनि संविधान कार्यान्वयनको आवश्यकता रहेको र यसका लागि काँग्रेस, एमाले र (माओवादी केन्द्र) बीच एकता आवश्यक रहेको विचार व्यक्त गरे । रासस

प्रकाशित मिति: Nov 26, 2016

प्रतिक्रिया दिनुहोस्