Logo
१२ बैशाख २०८१, बुधबार
(November 26, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रस्ताव तयार: वैवाहिक अंगीकृतलाई मात्र संवैधानिक अधिकार !

madheshiकाठमाडौं । सरकारले आइतबार संविधान संशोधन प्रस्ताव दर्ता गर्ने तयारी गरेको छ । त्यसअघि सत्तारुढ दल कांग्रेस र माओवादीले संविधान संशोधनका विषयमा विभिन्न दलहरुसँग थप छलफल गर्ने भएका छन् । मस्यौदा तयार भए पनि सकेसम्म सहमतिमै संशोधन प्रक्रियामा अघि बढाउन भन्दै थप छलफल गर्ने निष्कर्षमा दुवै दलका शीर्ष नेता पुगेका छन् ।

सरकारले शुक्रबार तयार पारेको मस्यौदामा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायधीस, सभामुख, राष्ट्रिय सभा अध्यध्य, प्रदेश प्रमुख, मुख्यमन्त्री, प्रदेशसभाको सभामुख र चार सुरक्षा निकायका प्रमुख पदमा निर्वाचित, नियुक्ति वा मनोनित हुन वंशजका आधारमा नागरिक भएको हुनपर्ने संवैधानिक व्यवस्थामा तलमाथि नगरी प्रस्ताव तयार गरिएको छ ।

वैवाहिक अंगीकृतको हकमा नेपालको संविधान २०४७ र अन्तरिम संविधान ०६३ जस्तै व्यवस्था गर्ने प्रस्ताव गरिएको छ ।

प्रकाशित मिति: Nov 26, 2016

प्रतिक्रिया दिनुहोस्