Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 24, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सेयर बजार बजार पाँच दसमलव ९८ अंकले घट्यो, ९९ करोड २८ लाखको सेयर खरिद बिक्री

काठमाडौं, ९ मंसिर । साताको अन्तिम दिन बिहिबार आज पनि नेप्से उच्च अंकले घटेको छ । नेप्से आज पाँच दसमलव ९८ अंकले घटेर १५ सय ३४ दसमलव तीन बिन्दुमा सिमित रहेको छ । नेप्से सेन्सिटिभ पनि आज एक दसमलव १८ अंकले घटेर तीन सय ३१ दसमलव १७ बिन्दुुमा कायम रहेको छ ।

नेप्सेका अनुुसार आज कुुल एक सय ३६ कम्पनीहरुको छ हजार दुुई सय ३० वटा कारोवारमा १६ लाख सात हजार ९८ कित्ता सेयर खरिद बिक्री भएको छ । उक्त परिमाणमा सेयर खरिद बिक्री हुुंदा आजको बजार मुल्य अनुसार  ९९  करोड २८ लाख सात हजार छ सय ५२ रुपैयाँको सेयर कारोवार भएको छ ।

आज आठ वटा समुहको कारोवार भएकोमा चार वटा समुहको कारोवार बढेर बाँकी समुहको कारोवार घटेको छ । बाँणिज्य बैक समुहको सुचक दुुई दसमलव ५४ अंकले बढेर १४ सय ४२ दसमलव नौ बिन्दुुमा कायम रहेकोमा ४७ करोड २३ लाख ३० हजार रुपैयाँको कारोवार भएको छ ।

यसैगरी होटल समुहको सुचक ४१ दसमलव ७९ अंकले बढेर दुुई हजार २५ दसमलव ५१ अंकमा कायम रहेकोमा ८३ लाख ५७  हजार तीन सय ९० रुपैयाँको कारोवार भएको छ । बीमा समुहको स्ुचक दुुई सय ४६ दसमलव ९५ अंकले तल झरेर २७  करोड ६० लाख ८५ हजार रुपैयाँको कारोवार भएको छ ।

आज बिकास बैक, जलबिद्युुत र उत्पादनमुुलक समुहको सुचक सामान्य अंकले घटेको छ भने फाईनान्स र अन्य समुहको सुचक सामान्य अंकले बढेको छ ।

नेप्सेका अनुसार आज कमाउने कम्पनीको सुचीमा अग्रस्थनमा परेको एनबी इन्स्योरेन्सको सेयर मुल्य नौ रुपैयाँ ५७ पैसाले बढेर दुुई सय छ रुपैयाँमा कारोवार भएको छ । यसैगरी बढी गुुमाउने कम्पनीको सुचीमा परेको वोमी माईक्रो फाईनान्सको सेयर मुल्य नौ रुपैयाँ ८१ पैसाले घटेर १४ सय ७० रुपैयाँमा कारोवार भएको छ ।

कारोवार रकमका आधारमा अग्रस्थानमा परेको एभरेष्ट बैकको भने आज ३२ सय ८५ रुपैयाँ अन्तिम मुल्यमा १२ करोड ९५ लाख चार हजार तीन सय ४५ रुपैयाँको कारोवार भएको छ ।

बढी कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य  बढेको मुल्य
एनबी इन्स्योरेन्स कम्पनी २०६ ९.५७
अरुण फाईनान्स १२७ ८.५५
ग्लोवल आईमई समुुन्नत योजना—१ ११.१९  ५.८७
 कन्काई बिकास बैंक ६६३   ५.४१
 लुम्बिनी फाईनान्स ३८१ ४.३८

बढी गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको मुल्य घटेको मुल्य
वोमी माईक्रो फाईनान्स १४७०  ९.८१
सिद्धार्थ डेभलपमेन्ट  बैंक ३२७  ९.६६
कालिका माईक्रो क्रेडिट डे. बैंक १५८४  ९.४८
 रिलायन्स फाईनान्स २८२ ८.२२
नेशनल लाईफ इन्स्योेरेन्स  २२९९ ७.७४

बढी रकम कारोवार गर्ने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)

क्रस कम्पनीको नाम कारोवार भएको रकम अन्तिम मुल्य
 एभरेष्ट बैंक १२९५०४३४५ ३२८५
शिखर इन्स्योरेन्स कम्पनी ५९५४०७२०  ३६८७
 मिसन डेभलपमेन्ट बैंक (संस्थापक) ५८०६०८१८ २५१
 नेपाल लाईफ इन्स्योरेन्स ४४८१८१७२ ३१५०
बैंक अफ काठमाडौ लुम्बिनी ४०१२८४६७  ६२९

प्रकाशित मिति: Nov 24, 2016

प्रतिक्रिया दिनुहोस्