Logo
१५ चैत्र २०८०, बिहीबार
(November 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीमा ९५ प्रतिसत प्रधानाध्यापक अबैद्यानिक !

beating-student-317x360इनरुवा । सुनसरी जिल्लामा रहेका सरकारी सामूदायिक विद्यालयका ९५ प्रतिसत प्रधानाध्यापकहरुको नियूक्ती शिक्षा नियमावलीले ब्यवस्था गरेको प्रक्रिया र मापदण्ड विपरित रहेको पाइएको छ । जिल्ला शिक्षा कार्यलय सुनसरीका अनुसार शिक्षा नियमावलीले तोकेको मापदण्ड, योग्यता र प्रक्रिया अनुसार जिल्लामा रहेका ३ सय ७९ विद्यालय मध्ये ४ वटा विद्यालयमा मात्रै प्रधानाध्यापक रहेका छन ।

सुनसरी जिल्लामा रहेका ९७ वटा मावि उच्च माविहरु मध्ये अमर सिहं मावि साहेवगञ्जका प्रअ इन्द्रदेव गुप्ता, जडेज उमावि भरौलका प्रअ हिरामणी पौडेल, शारदा उच्च मावि इनरुवा बलाहाका तिर्थराज भट्टराई र पब्लिक मावि धरानका प्रअ इन्द्रमोहन झाको मात्र नियमावली अनुसारको योग्यता पुगेको कार्यालयमा पेश गरेको फायलबाट देखिएको विद्यालय प्रशासन शाखाका अधिकृत निर्मल निरौलाले बताए ।

हाल सुनसरीमा ६९ वटा निम्न माध्यमिक विद्यालय , २ सय १३ वटा प्राथमिक तहका विद्यालय रहेका छन । यि प्राय सवै विद्यालयमा प्रधानअध्यापकहरुको नियूक्ति मावि तहको जस्तै रहेको जिल्ला शिक्षा कार्यलय स्रोतले जनाएको छ । सामूदायिक विद्यालय अन्र्तगत प्रावि तहको प्रधानाध्यापक हुन शिक्षा संकायतर्फ दश दुई जोड उतिर्ण गरेको, निमावीतर्फ स्नातक उतिर्ण गरेको र माध्यमितर्फ स्नातकोत्तरतह उतिर्ण गरेको स्थायी शिक्षक प्रधानाध्यापक हुने स्पष्ट ब्यवस्था शिक्षा नियमावलीमा रहेको छ ।

शिक्षा नियमावली अनुसार विद्यालयको प्रअ हुनका व्यवस्थापन समितिले सोही तहमा कार्यरत स्थायी शिक्षकहरूमध्येबाट अनुसुची ३ बमोजिम कम्तीमा सत्तरी अङ्क ल्याउने दुईजना शिक्षकको नाम प्रधानाध्यापक नियुक्तिको लागि जिल्ला शिक्षा अधिकारी समक्ष सिफारिश गर्नु पर्ने व्यवस्था रहेको छ । यसै गरि सो विद्यालयमा सोही तहका शिक्षक नभएमा विज्ञापन प्रकाशित गरि जिल्ला भरीका योग्यता पुगेका शिक्षकहरुलाई शिक्षक छनौट समितिले ७० अङ्क ल्याउने उम्मेदवारलाई प्रधानाध्यापकको पदमा नियुक्ति गर्न जिल्ला शिक्षा अधिकारीलाई सफारिस गर्नेछ भन्ने व्यवस्था रहेको छ ।

जानकारहरुका अनुसार हालसम्म सुनसरीमा सामूदायिक विद्यालयमा प्रअ भएकाहरुलाई अवकाश प्राप्त प्रअले कामु वा सिनियरका आधारमा जिम्मेवारी दिने , राजनीतिक आस्थाका आधारमा प्रअ नियुक्त गर्ने , निकटवर्तीलाई बनाउने वा रकम लेनदेनका आधारमा प्रअ बनाउने परिपाटी रहिआएकाले नियमावली अनुसार प्रधानाध्यापक पदमा कोही पनि नियुक्त नभएको हो । स्रोतका अनुसार सिनियर र शैक्षिक योग्यतामा समेत अगाडि रहेका कतिपय शिक्षकहरुले विभिन्न कारणले प्रधानाध्यापक हुन नसकेको सयौ उदाहरणहरु सुनसरीमा रहेका छन । जस मध्ये धेरै जसो शिक्षकहरुले विभिन्न संगठनको दवावमा प्रअ नियुक्ति गर्ने परिपाटीले सक्षम शिक्षक बञ्चित हुन पुगेका छन ।

प्रकाशित मिति: Nov 23, 2016

प्रतिक्रिया दिनुहोस्