Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 23, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एमालेले नमानेपनि काँग्रेस-माओवादी संशोधन प्रस्ताव लाने

madheshiकाठमाडौं । शिर्ष दलका शिर्ष नेताहरुको बैठक सम्पन्न भएको छ । संविधान संसोधन प्रस्ताव दर्ताका लागि सत्तारुढ दल नेपाली काँग्रेस र माओवादी केन्द्रले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनसँग मोटामोटी सहमति भएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ती पक्षको बैठकमा संविधान संशोधन प्रस्ताव दर्ता गराउनको लागि मधेशी मोर्चा सकारात्मक भएको ।

विवादित भनिएको चार विषयमध्ये भाषा, नागरिकता र राष्ट्रिय सभाको प्रतिनिधित्वमा मधेशी मोर्चाले सहमति जनाएको छ । मोर्चाको सहमति पाएपछि प्रधानमन्त्री दाहालले भोलि क्याविनेटमा उक्त प्रस्तावबारे विशेष छलफल गरेर पर्सी नै प्रस्ताव संसदमा पेश गर्ने भएका छन् । बैठकमा नेपाली कांग्रेस, माओवादी केन्द्र र मधेशी मोर्चा एवं संघीय गठबन्धनमा आवद्ध दलका शीर्ष नेताहरु सहभागी थिए ।

विपक्षी एमालेले संविधान संसोधनमा सहमति नजनाएपछि प्रधानमन्त्रीले मोर्चाको समर्थन लिएर संसोधन प्रस्ताव दर्ता गराउने प्रयास गरेका हुन । यता मोर्चाका नेताहरुले पनि संविधान संशोधन प्रस्तावमा दर्ता गराए मोर्चाले मौन समर्थन गर्ने लक्षण देखाएको छ ।

सबैभन्दा बढि विवादित रहेको विषय प्रदेशको सिमांकनबारे भने ठोस सहमति जुट्न सकेको छैन । सत्तारुढ दलले प्रदेशको विवाद समाधानको लागि तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाको पालामा काँग्रेस र एमालेले तयार पारेको खाका अनुसार वा त्यसकै आसपासमा केन्द्रित रहेर अघि बढ्ने निधो गरेको स्रोतले जनायो ।

प्रकाशित मिति: Nov 23, 2016

प्रतिक्रिया दिनुहोस्