Logo
८ बैशाख २०८१, शनिबार
(November 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय स्पिनर अश्विन वर्षमा सर्वाधिक विकेट लिने बलर

sport-news

नयाँ दिल्ली, एजेन्सी । भारतका अफ स्पिनर रविचन्द्र अश्विन यस वर्ष टेस्टमा सर्वाधिक विकेट लिने बलर बन्न पुगेका छन्। इङ्ल्यान्डविरूद्ध विशाखापट्टनमको दोस्रो टेस्टमा ८ विकेट लिएपछि अश्विनले विकेट संख्या ५५ पुर्याएका हुन्।

यसअघि सर्वाधिक विकेट लिने सूचीमा श्रीलंकाका अफ स्पिनर रंगना हेरातको नाम अगाडि थियो। उनले ५४ विकेट लिएका छन्। अश्विन हाल टेस्ट क्रिकेटको सूचीमा नम्बर एक बलर हुन्।

उनले यस वर्ष ९ टेस्टमा २२ दशमलव २३ को औसतले ५५ विकेट लिएका हुन्। हेरातले ८ टेस्टमा १७ दशमलव ५३ को औसतले ५४ विकेट लिएका थिए।

अश्विनले यस वर्ष एउटै इनिङमा ५ विकेट ६ पल्ट र एउटै टेस्टमा १० विकेट दुई पल्ट लिइसकेका छन्। हेरातले भने ५ विकेट ५ पल्ट र १० विकेट २ पल्ट लिएका थिए।

विकेट लिने सूचीमा तेस्रो नम्बरमा इङ्ल्यान्डका तीब्र बलर स्टुअर्ट ब्रोड छन्। उनले ४६ विकेट लिएका छन्। चौथो नम्बरमा इङ्ल्यान्डका जेम्स एन्डर्सन पर्छन्। उनले ४१ विकेट लिएका छन्। पाकिस्तानका यासिर शाह ४० विकेट लिदै पाँचौ स्थानमा छन्।

प्रकाशित मिति: Nov 22, 2016

प्रतिक्रिया दिनुहोस्