भारतीय योग गुरु बाबा रामेदव नेपालमा

काठमाडौं । प्रसिद्ध भारतीय योग गुरु बाबा रामेदव मंगलबार काठमाडौं आइपुगेका छन् । नेपाल बसाइका क्रममा उनले वीरगञ्जमा योग शिविर सञ्चालन गर्नुका साथै पर्सामा रहेको पताञ्जलीका सामान उत्पादन गर्ने उद्योगको भ्रमण गर्नेछन् ।
नेपाल बसाइका क्रममा उनले वीरगञ्जमा योग शिविर सञ्चालन गर्नुका साथै पर्सास्थित पताञ्जलीका सामान उत्पादन गर्ने ग्रामीण उद्योगको भ्रमण गर्नेछन्।
योग गुरु बाबा रामदेवले मंगलबार काठमाडौंमै बस्नेछन्। बुधबार बिहान विमानबाट बाराको सिमरा हुँदै वीरगञ्ज पुग्ने उनको कार्यक्रम रहेको काठमाडौंस्थित उनी निकट स्रोतले जानकारी दियो ।