Logo
१३ बैशाख २०८१, बिहीबार
(November 22, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एयर एम्बुलेन्स दुर्घटना हुँदा चारको मृत्यु

airambulanceनेभादा (अमेरिका) — एयर एम्बुलेन्स दुर्घटना हुँदा अमेरिकामा चार जनाको मृत्यु भएको छ। उडिरहेको सानो जहाज पृथ्वीमा बजारिएपछि आगलागी भएको थियो।

मृत्यु हुनेमा तीन चालक दल सदस्य तथा एक बिरामी रहेको एयर एम्बुलेन्स कम्पनी अमेरिकन मिडफ्लाइटले उल्लेख गरेको छ। दुर्घटनाको नेशनल ट्रान्सपोर्टेशन सेफ्टी बोर्ड तथा फेडरल एभिएशन एडमिन्स्ट्रिेशनले अनुसन्धान गरिरहेका छन्।

अमेरिकामा यो महिना मात्रै कम्तिमा तीन वटा एयरएम्बुलेन्स दुर्घटना भएको सिनएनएनले उल्लेख गरेको छ। शुक्रबार मुटु रोग पीडितलाई लिएर उडेको जहाज दुर्घटनामा परेको हो।

प्रकाशित मिति: Nov 22, 2016

प्रतिक्रिया दिनुहोस्