Logo
७ बैशाख २०८१, शुक्रबार
(November 21, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महँगो भयो डलर: १ डलरको १०९ रुपैयाँ ३६ पैसा

usdollarकाठमाडौं । परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलरको भाउ नौ महिनापछि उच्च दरले बढेको छ। शनिबारका लागि नेपाल राष्ट्र बैंकले डलरको बिक्री मूल्य १ सय ९ रुपैयाँ ३६ पैसा तोकेको छ । गत वर्षको फागुन पहिलो साता डलरको भाउ अहिलेसम्मकै उच्च १ सय ९ रुपैयाँ ७७ पैसा पुगेको थियो। पुरानो रेकर्डलाई पछ्याउँदै डलरको भाउ उकालो लागेको छ । शनिबारको भाउ यसअघिको कीर्तिमानभन्दा ४१ पैसाले कम हो।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा कमजोर बन्दा नेपालमा डलरको भाउ बढेको हो । अमेरिकी अर्थतन्त्र थप बलियो हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ कमजोर भएको हो । डलरको भाउ बढ्दा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य बढ्ने नेपाल राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक भीष्मराज ढुंगानाले बताए। ‘डलरको भाउ वृद्धिसँगै तेस्रो मुलुकबाट आउने सामानको मूल्य पनि बढ्ने छ,’ उनले भने, ‘डरलको भाउ बढ्दा फाइदा भन्दा बेफाइदा बढी हुन्छ।’

डलरको भाउ बढ्दा दैनिक उपभोग्य वस्तुदेखि ठुल्ठूला मेसिन औजारसमेत आयात गर्नुपर्ने नेपालका सर्वसाधारणको टाउकोमा महँगीको भारी थपिने छ। महँगीले नेपालजस्तो विपन्न मुलुकका थप नागरिकलाई गरिबीको रेखामुनि धकेल्न सक्छ। लर बढ्दा विदेशमा कमाएको रकम नेपाल पठाउनेलाई मात्र फाइदा हुने ढुंगानाले बताए। ‘रेमिटेन्स पठाउनेलाई मात्र फाइदा हुन्छ,’ उनले भने, ‘त्यो भन्दा बहेकलाई फाइदा हुँदैन्।’

अमेरिकी राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले जितेमा डलर अहिलेसम्मकै कमजोर हुने अनुमान अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले गरेका थिए । ट्रम्पले अग्रता लिन थालेको खबर सार्वजनिक भएपछि विश्व सेयर बजारमा गिरावट आएको पनि थियो । ‘ट्रम्पले जिते एक डलरको भाउ ९० रुपैयाँमा आउने अनुमान गरेका थिए,’ ढुंगानाले भने, ‘तर त्यसको विपरीत उकालो लागेको छ।’

भारतीयहरु भारु मोह प्रति आकर्षित नदेखिएका कारण पनि डलर थप मजबुत बन्न पुगेको ढुंगानाको भनाइ छ । ‘डलरको भाउ अरु धेरै बढ्ने सम्भावना भने देखिँदैन,’ उनले भने। केन्द्रीय बैंकले निर्धारण गरेको भन्दा केही फरक हुने भएकाले उनीहरुले केही महँगोमा डलर बिक्री गरे। राष्ट्र बैंकले निर्धारण गरेको विनियम दरकै हाराहारीमा वाणिज्य बैंकले डलर खरिद–बिक्री मूल्य निर्धारण गर्दै आएको पनि ढुंगानाले जानकारी दिए।

अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले डलरको भाउ अझै बढ्न सक्ने विज्ञहरु बताउँछन् । ‘अमेरिकी अर्थतन्त्र अझै मजबुत हुने अवस्था देखिएको छ,’ एकजना विज्ञले भने, ‘त्यसैले डलरको भाउ अझै बढ्ने सम्भावना देखिन्छ।’

डलरको भाउ बढ्दा विदेशबाट आयात हुने सामान महँगिन्छ । स्वदेशी मुद्रा कमजोर हुँदा सर्वसाधारणको भान्छामा चाहिने नुनतेलदेखि ठुल्ठूला जलविद्युत आयोजनाका टर्बाइनसम्मको लागि बढी मूल्य तिर्नुपर्छ । नेपाल सरकारले तिर्ने विदेशी ऋणको साँवा–ब्याज भुक्तानीका लागि पनि बढी रकम छुट्ट्याउनुपर्ने हुन्छ । सरकारले विदेशी ऋणको साँवा–ब्याजको भुक्तानी परिवर्तनीय मुद्रा अमेरिकी डलरमै गर्छ।

प्रकाशित मिति: Nov 21, 2016

प्रतिक्रिया दिनुहोस्