रामचन्द्र पौडेल चढेको गाडी महोतरीमा दुर्घटना
महोत्तरी । कांग्रेस नेता रामचन्द्र पौडेल चढेको गाडी महोत्तरीको जाउँखमा दुर्घटनामा भएको छ । बर्दिवासबाट जलेश्वर आउँदै गरेको बा ६ च ७५५५ नम्बरको जिप जाउँख चोकमा स्टेरिङ फेल भई दुर्घटना भएको हो।
पौडेल सकुशल रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी जनक भट्टराईले जानकारी दिए। ‘जिप सडक छेउमा दुर्घटना भए पनि उहाँ सकुशल हुनुहुन्छ,’ एसपी भट्टराईले भने, ‘उहाँलाई चोटपटक लागेको छैन। गाडीमा सामान्य क्षतिमात्र पुगेको छ।’
दुर्घटनाग्रस्त जीप त्यहीँ छाडेर पौडेल अर्को गाडीमा जलेश्वर हिँडेका छन्। सदरमुकाम जलेश्वरमा पौडेलको कार्यकार्ता भेटघाट कार्यक्रम रहेको छ।