Logo
१३ बैशाख २०८१, बिहीबार
(November 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपालका लागि पूर्वभारतीय पूर्वराजदूत सिन्हाको निधन

sk-sinha-58310bb5540fb3-74899904काठमाडौं । नेपालका लागि पूर्वभारतीय राजदूत तथा भारतीय सेनाका अवकाशप्राप्त लेफ्टिनेन्ट जनरल एसके सिन्हाको ९० वर्षको उमेरमा निधन भएको छ । केही अस्वस्थ रहेका सिन्हाको दिल्लीस्थित सैनिक अस्पतालमा बिहीबार बिहान निधन भएको हो ।

सन् १९८३ सेप्टेम्बरमा उनीभन्दा कनिष्ट व्यक्तिलाई भारतीय सेनाको प्रमुख बनाएपछि विरोधस्वरूप उनले सेवाबाट अवकाश लिएका थिए । प्रधानमन्त्री इन्दिरा गान्धीको चाहनाअनुसार स्वर्ण मन्दिर (अमृतसर) मा सैनिक कारबाहीको नेतृत्व गर्दा त्यसले सेनाको बदनामी हुने अडान लिएबापत उनलाई भारतीय सेना प्रमुख नबनाइएको जनरल सिन्हाले पछि खुलासा गरेका थिए ।

भारतमा सन् १९८९ को सत्ता परिवर्तनपछि प्रधानमन्त्री बनेका विश्वनाथप्रताप सिंहको सरकारले अवकाशप्राप्त जनरल सिन्हालाई नेपालको राजदूत नियुक्त गरेको थियो । नेपालमा राजदूतको कार्यकाल समाप्त गरी फर्केपछि उनी आसाम र जम्मुकास्मिरमा गभर्नर नियुक्त भएका थिए ।

प्रकाशित मिति: Nov 20, 2016

प्रतिक्रिया दिनुहोस्