Logo
१५ चैत्र २०८०, बिहीबार
(November 20, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतमा रेल दुर्घटना, ९० को मृत्यु, सयौं घाईते

rail-580x395

काठमाडौं । भारतको मध्य प्रदेश राज्यकोे इन्दोरबाट बिहार राज्यको राजधानी पटना जाँदै गरेका इंदोर—पटना एक्सप्रेस ट्रेन कानपुर नजिक दुर्घटनाग्रस्त हुँदा मृत्यु हुनेको संख्या ९० पुगेकोे भारतको पत्रिका दि इन्डियन एक्सपे्रसको अनलाइन संस्करणले जनाएको छ ।

भारत स्थित उक्त प्रदेशको कानपुरमा रेल दुर्घटना, हुदाँ  ९० को मृत्यु भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार रेल, लिगबाट बाहिरिदा कम्तिमा ६३ जनाको मृत्यु भएको हो ।

पटना इन्डोर एक्सप्रेसको रेलका १४ डिब्बा लिगबाट बाहिरिदा दुर्घटना भएको जनाइएको छ । दुर्घटनामा १ सय ५० घाइते भएका छन् । रेल इन्डोरबाट पटना जाँदै थियो । दुर्घटना विहान ३ बजे भएको आजतकले जनाएको छ । रेलका प्रवक्ता अनिल सकसेनाले जनाए अनुसार कानपुर देहात नजिक पुखराया स्टेशनमा इन्दोर पटना एक्सप्रेस १९३२१को १४ डब्बा पट्रीबाट छुट्टिएका थिए ।

कानपुका डीएम कुमार रविकांत सिंहले घटनामा ६३ मृत्युको पुष्टि गरेका हुन् । उनले डिब्बामा फसेकाहरुको उद्धार प्रयास भइरहेको बताए ।प्रधानमन्त्री नरेन्द्र मोदीले ट्वीटर मार्फत दुर्घटनामा दुख व्यक्त गर्दै शोकाकुल परिवार प्रति संवेदना जनाएका छन् । रेल मन्त्री सुरेश प्रभुले उद्धार एवं राहत जारी रहेको जानकारी दिए ।

प्रकाशित मिति: Nov 20, 2016

प्रतिक्रिया दिनुहोस्