Logo
१५ चैत्र २०८०, बिहीबार
(November 17, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

समाखुसीबाट सयौं कछुवा र चरा तस्करी गर्ने भारतीय तस्कर नियन्त्रणमा

news-taskarकाठमाडौं, २ मंसिर । अवैध विक्री वितरणका लागि लुकाएर राखिएका एकसय नौ कछुवा र एकसय ६५ प्रजातिका विभिन्न चराचुरुङगी जिल्ला वन कार्यालय काठमाडौंले नियन्त्रणमा लिएको छ ।

भारतको पटना घर भई हाल सामाखुसीस्थित नरेश शाहीको घरमा बस्दै आएका महमद उसमानलाई पक्राउ गरिएको छ ।

अधिकांश चरा लबबर्ड छन् । उनले कछुवा र चाराचुरुगी विक्री गर्दै आएको सुराकी पाएपछि जिल्ला वन कार्यालय र प्रहरी अनुसन्धान ब्यूरोले कारवाही गरेको हो ।

ती सबै बेचबिखनका लागि राखिएका कारण आवश्यक कारवाहीका लागि पक्राउ गरिएको जानकारी जिल्ला वन कार्यालयका सहायक वन अधिकृत उत्सव थापाले दिए ।

प्रकाशित मिति: Nov 17, 2016

प्रतिक्रिया दिनुहोस्