Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 16, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान संशाेधनका विषयमा प्रधानमन्त्री दाहाल र ओली बीच छलफल

prachanda-oli-close-upकाठमाडाैं । संविधान संशोधनका विषयमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) शीर्ष नेतृत्वबीच छलफल भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँबानेश्वरमा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालका बीचमा बुधबार संविधान संशाेधनका विषयमा कुराकानी भएको थियो ।

उनीरुबीच करिब ४५ मिनेट भएको कुराकानी सकारात्मक रहेको भेटपछि प्रधानमन्त्री दाहालले सञ्चारकर्मीलाई सङ्क्षिप्त प्रतिक्रिया दिए। प्रधानमन्त्रीले भने “एमालेका अध्यक्ष ओलीजीसित संविधान संशोधनको विषयमा सकारात्मक रुपमा कुराकानी भयो, उहाँ यस विषयमा सकारात्मक देखिनुभएको छ ।”

मधेसी मोर्चाले संविधान संशोधनको प्रस्ताव १५ दिनभित्र व्यवस्थापिका–संसद्मा प्रस्तुत गर्न प्रधानमन्त्री दाहाललाई ‘अल्टिमेटम’ दिएपछि सो विषयमा सहमति जुटाउन उनले सत्तारुढ दल नेपाली काँग्रेस र प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का शीर्ष नेतृत्वबीच कुराकानी तीव्र बनाइरहनु भएको छ । साथै, मधेसी मोर्चाले सरकारलाई संविधान संशोधनको प्रस्ताव छिटो ल्याउन दबाब दिन व्यवस्थापिका–संसद्को बैठकसमेत बहिष्कार गर्दै आएको छ । रासस

प्रकाशित मिति: Nov 16, 2016

प्रतिक्रिया दिनुहोस्