Logo
६ बैशाख २०८१, बिहीबार
(November 12, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पुर्नसंरचनामा असन्तुष्टि जनाउँदै राजमार्ग अवरुद्ध गर्दे प्रर्दशन

punsamपाँचथर । स्थानीय तहको पुनः संचरनामा असन्तुष्टि जनाउँदै जिल्लास्थित विभिन्न गाविसका बासिन्दाले मेची राजमार्ग अवरुद्ध गरेका छन्। मेची राजमार्गको पाँचथर छिर्ने राँके बजारमा शनिबार दिउँसोदेखि यातायात अवरुद्ध गराएका हुन् । झापा, इलाम लगायतवबाट छुटेका यातायतका साधन राँके र फिदिम, ताप्लेजुङबाट छुटेका यातायातका साधन पौवाभञ्याङमा अवरुद्ध गरिएको छ।

शुक्रबार फिदिममा बृहद प्रर्दशन गर्दै यातायात अवरुद्ध गर्ने चेतनावनी दिइएको थियो । शनिबार दिउँसो यातायात अवरुद्ध भएपछि यात्रुहरु बीच बाटोमा अलपत्र परेका छन्। फाल्गुनन्द गाँउपालिका बनाउनु पर्ने तथा रानीटारको टुक्र्यााइएको वडालाई फिदिम नगरपालिकामा समेट्नु पर्ने माग राख्दै यातायात अवरुद्ध गर्दा जनजीवन कष्टकर बनेको छ। आन्दोलनमा उत्रिएका पौवासारतपा, आङ्सराङ, इम्बुङ, फाक्तेप र रानीटारका असन्तुष्टले सडक अवरुद्ध गराएका हुन्।

दिउँसोदेखि भएको अवरुद्ध साझ ५ बजेसम्म जारी रहने फाल्गुनन्द गाँउपालिका आन्दोलन समितिका सचिव विनोद आङदेम्बेले जानकारी दिए। चार गाविसका वासिन्दाले फाल्गुनन्द गाँउपालिका कायम गर्नु पर्ने माग गरेका छन्। यस्तै रानीटार वडा न. ९ लाई टुक्र्याइएकाले फिदिम नगरपालिकामा समावेश गराउनु पर्ने माग राखेका छन्। उनीहरुले शुक्रबार सदरमुकाम फिदिममा संयुक्त प्रर्दशन गरेका थिए। माग पूरा नभएसम्म आन्दोलन जारी रहने रानीटारका–९ का भक्त राईले बताए। पाँचथर, ताप्लेजुङ र तेह्रथुमको आठराई जाने मुख्य नाकाको रुपमा रहको राँकेमा सडक अवरुद्धहुँदा यात्रु मारमा परेका छन्। आइतबार विप्लव माओवादीले बन्द आह्वान गरेकाले गन्तव्यतर्फ हिँडेका यात्रु बीच बाटोमा अलपत्र परेका छन्।

फिदिम आउने खानेपानी तथा विद्युत समेत अवरुद्ध गर्ने चेतावनी उनीहरुले दिएका छन्। स्थानीय तह पुनः संरचनाको विषयलाई लिएर जिल्लाका विभिन्न ठाँउवाट आसन्तुष्टि बढिरहेको छ। यहाँका राजनीतिक दल तथा प्राविधिक सुझाव समितिले आठ स्थानीय तह बनाउने दुईवटा खाका प्रस्ताव गरेका थिए। राजनीतिक दलहरुबीच सहमति हुन नसक्दा दुइवटा खाका प्रस्ताव गरिएको थियो।

प्रकाशित मिति: Nov 12, 2016

प्रतिक्रिया दिनुहोस्