Logo
१३ बैशाख २०८१, बिहीबार
(November 11, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किन भयो, आईजीपी अर्याललाई हटाउने अर्को अस्त्र पनि बिफल !

20140412ssp-kharel-has-maintained-chain-of-command-igp-aryal-600x0

काठमाडौं । प्रहरी नेतृत्वमा ३ वर्षे सेवा अवधि पुरा गर्दै गरेका नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई मौजुदा नियमावलीमा महानिरीक्षकको कार्यकाल ४ वर्षबाट घटाएर ३ वर्षे बनाई अवकाश दिने हल्ला बजारमा व्यापकताका साथ चलिरहेको छ । तर, बजारमा चलेको हल्ला आफैंमा ‘विफल अस्त्र’का रुपमा देखा परेको छ । दुईचार जनाले आफ्नो स्वार्थका लागि प्रहरी नियमावली संशोधन गर्न सकिने व्यवस्थालाई यसअघि नै सर्वाेच्च अदालतले अंकुश लगाइदिएको छ । त्यसका लागि ऐन नै संशोधन गर्नु पर्नेछ । ऐन संशोधनका लागि कम्तीमा पनि २–३ महिनाको समय लाग्छ । त्यतीबेला सम्म बर्तमान आईजीपी अर्यालले ससम्मानका साथ अवकाश पाउने छन् ।

पछिल्लो समय बजारमा चलाइएका हल्लाले नेपाल प्रहरीलाई मात्र होइन, सरोकारवाला सबैलाई नराम्रोसँग झस्काएको भने देखिन्छ । जबजब आईजीपी सरकारी कामको सिलसिलामा देश बाहिर हुन्छन्, देशभित्र प्रहरी संगठनको हित नचाहाने संगठनभित्र र बाहिरका तस्कर, माफिया र षड्यन्त्रकारीहरु सलबलाउने गरेको देखिन्छ । यसले षड्यन्त्रका तानाबाना बुन्नेहरुलाई त क्षणिक लाभ मिल्ला, समग्रमा नेपाल प्रहरी संगठनलाई भने नराम्रोसँग विभाजित गर्नेमा दुईमत छैन । किन यस्तो फोहोरी खेल पटक पटक हुन्छ ? र, अहिलेको हल्लाको पछाडी कसको मुख्य हात छ भनेर खोजी गर्ने हो भने नेपाल प्रहरी संगठन भित्रकै विवादास्पद एआईजी राजेन्द्रसिंह भण्डारीको ‘खुराफाती दिमाग’ले काम गरेको देखिनेमा दुईमत देखिने छैन ।

यसअघि पनि आईजीपी परिवर्तनको खेलमा लागेर असफल भएपछि एक कदम पछि हटेर अर्का प्रतिस्पर्धी एआईजी सुरेन्द्र बहादुर शाहलाई उक्साएका एआईजी राजेन्द्रसिंह भण्डारी फेरि सेवा अवधि पूरा भई घर जाने दिन नजिकिँदै गर्दा प्रहरीको नेतृत्व हुत्याउने षड्यन्त्रको असफल यात्रामा दोहो¥याएर अघि बढेका छन् ।भावी प्रहरी नेतृत्वका बिच प्रतिस्पर्धा चलिरहँदा एआईजी भण्डारी स्वयम आफूलाई नेतृत्वमा ल्याउन  शक्तिकेन्द्रको दौडधुपमा लागेका हुन् । समाचार स्रोतका अनुसार गएराती साढे सात बजेदेखि आठ बजेसम्म आधा घन्टा उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई उनकै निवासमा पुगेर भेटवावर्ता गरेका छन् ।

तर, उनीहरुबीच के–कस्तो कुराकानी भयो भन्ने बारेमा सार्वजनिक नभए पनि बर्तमान आईजीपी अर्याललाई प्रहरी नियमावली संशोधन गरी हटाएर उक्त स्थानमा आफूलाई स्थापित गर्न सकिने बारेमा देउवालाई उक्साएको आशंका गरिएको छ । यसअघि नै एआईजी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई समेत भेटेर आफूलाई प्रहरी नेतृत्वमा पु¥याएको खण्डमा ‘गुन’तिर्ने बाचा गरेको बताइन्छ । जसरी तत्कालिन आईजी धु्रबबहादुर प्रधानले बामदेव गौतमले लगाएको ‘गुन’ स्थानीय निर्वाचनमा सिंगो संगठनलाई ‘एमालेकरण’ गराएर तिरेका थिए ।

त्यस्तै, आफूसँग विभिन्न विषयमा असहमत रहेकाले गृहमन्त्री बिमलेन्द्र निधी समेत आईजी अर्यालसँग सकरात्मक नरहेको बताइन्छ । प्रधानमन्त्री, गृहमन्त्री र काँग्रेस नेतृत्व समेत महानिरीक्षक फेरवदल प्रकरणमा सकरात्मक देखिएको भएता पनि त्यस्तो निर्णय भइहालेमा ‘दुर्भाग्यपूर्ण’ हुने स्वयम् माओवादी, काँग्रेस र एमालेकै शिर्ष नेताहरु बताउँछन् । उनीहरु भन्छन्, ‘तीन महिनापछि स्वतहः घर जाने महानिरीक्षकलाई हटाएर अर्काे आईजीपी नियुक्त गर्नु पर्नाको कारण पनि निर्णायक तहमा रहेकाहरुले दिन सक्नुपर्छ, त्यो पुष्टि गर्न सक्नु पर्ने हुन्छ ।’ ऐतिहासिक प्रहरी संगठनमै उथलपुथल पार्ने निर्णय कसैको स्वार्थका खाँतिर हुन नसक्ने ठोकुवा पनि ती नेताहरुको छ ।

बिगतमा तत्कालिन आईजीपी अच्यूतकृष्ण खरेललाई प्रहरी नेतृत्वबाट ३६ दिनमै हटाएर धु्रब बहादुर प्रधानलाई उक्त स्थानमा स्थापित गर्दाको परिणाम राजनैतिक दलका नेताले आज पर्यान्त भोगिरहेका छन् भने त्यसबेला प्रहरी संगठनमा छिरेको विभाजनको दाग अझै मेटिइसकेको छैन । र, पनि आईजीपी परिवर्तनको हल्ला ‘…लाई भन्दा देख्नेलाई लाज’जस्तो भएको छ । प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार प्रहरी महानिरीक्षकका रुपमा पदभार ग्रहण गरीसकेपछि अर्यालले चार वटा विभिन्न दल निकट सरकारसँग काम गरिसकेका छन् ।

तत्कालिन चुनावी रेग्मी सरकारले वरिष्ठताका आधारमा अर्याललाई आईजीपीमा नियुक्त गरेपछि उनले दोस्रो संविधान सभामा धेरै सिट पाएर ठूलो दलको हैसियतमा गठन भएको सुशील कोइराला नेतृत्वको काँग्रेस–एमाले सरकारमा रहँदा होस् वा एमाले माओवादी गठबन्धनको केपी ओली नेतृत्वको सरकारमै रहँदा किन नहोस् वा अहिलेको माओवादी–काँग्रेस गठबन्धन सरकारमा समेत संगठनको बेहीत हुने वा मन्त्रीहरुको मात्र स्वार्थपूर्ती हुने काम कारवाहीका सन्दर्भमा कसैसँग सम्झौता गर्न चाहेनन्, त्यसैको फलस्वरुप उनको कुनै पनि विभागीय मन्त्रीसँग सम्वन्ध राम्रो रहन सकेन, भएन ।

यसै अवस्थालाई मौकाको रुपमा प्रयोग गर्दै एआईजी भण्डारीले विगतमा पनि महानिरीक्षक परिवर्तनको असफल खेल नखेलेका होइनन्, तर असफल भएपछि पुनः उक्त खेल खेलीयो तर, पात्र अर्काे सार्ने काम भयो । त्यसबेला पनि उक्त अस्त्र असफल भएपछि थन्को लागेका भण्डारी यस पटक फेरि अनर्गल प्रचारमा जुटेका छन् । उनले विभिन्न शक्ति केन्द्रलाई रिझाएरै भए पनि प्रहरी नियमावली संशोधनको खेलमा सक्रिय छन् । अत्यन्त घमण्डी एवम अन्र्तमुखी स्वाभावका भण्डारी आफ्नै रवैया एवम् कार्यशैलीका कारण कोपभाजनमा परेका उनको आईजी अर्यालसँगको घनिष्टता टुट्दै जानुको मुख्य कारण त्यही हो । सोही कारण उनी झण्डै तीस वर्ष आफूले योगदान पु¥याएको संगठनमाथि प्रहार गर्न अघि बढीरहेका छन् ।

‘जुन थालमा खायो, त्यही थालमा थुक्ने काम’ गरिरहेका छन् । आफुलाई पेण्डुलम बनाएको भन्दै आईजीसँग बदला लिने सुरमा रहेका भण्डारीको हिमचिम आईजीसँग रिसाएका नेता व्यापारी दलाल तथा केही प्रहरी संगठनभित्रकै ‘मुसा’हरुको उक्साहावटमा अहिलेको रणनिती बजारमा आएको हो । संगठन र संगठनका सदस्यको हितभन्दा बाहिरका कुनै पनि निर्णय जस्तोसुकै दबाबमा पनि गर्न नमान्ने प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालसँग बर्तमान गृहमन्त्री बिमलेन्द्र निधीसँग समेत केही तिक्तता रहेको बाहिर आएको छ । तसर्थ, संगठनमा देखिएका सुधारका गतिलाई रोक्ने षड्यन्त्र स्वरुप आईजीपी परिवर्तनको डंका पिटाएर उनलाई ‘साइजमा ल्याउने’ सोच पाल्न खोज्नु आश्चर्यको विषय पनि रहेन ।

‘खोल ओढेर घिउ खाने’ चरित्रका रुपमा संगठनमा चिनिएका एआईजी भण्डारी आफुलाई प्रस्तुत गर्दा आफुभन्दा प्रतिभाशाली, निष्कलंक अफिसर अरु कोही नरहेको देखाउन चाहान्छन् । तर, उनलाई नजिकबाट चिन्नेहरुले उनको वास्तविक अनुहार र चरित्रका बारेमा उनको विगतदेखिकै कार्यशैली, रहनसहनबाट सहजै अनुमान लगाउन सक्दछन्, उनको वास्तविक हैसियत के हो ? उनी कुन चरित्रका हुन ?

सबैभन्दा मजाकको कुरा त आफैँले ड्राफ्ट गरेको समाचार मदन भण्डारी नामका विभिन्न अपराधमा संलग्न व्यक्तिलाई प्रयोग गर्दै अनलाइनमार्फत प्रचार गराउन लगाउने, त्यसैलाई शेयर गराउने एआईजी भण्डारीको व्यवहार पछिल्लो समय सबैमाझ उदांगो भइसकेको छ । उनीप्रति केही सहानुभूति राख्ने प्रहरी अधिकृतहरु प्नि उनको पछिल्लो मदन भण्डारी शैलीलाई देखेर ‘भिरबाट लड्ने गोरुलाई ‘राम–राम’ भन्न सकिन्छ’ भन्दै कटाक्ष गर्ने गर्छन् । सुदुरपश्चिम तिरको भएकैले काँग्रेस सभापतिबाट आफूलाई ‘लाभ’ मिल्ने ठानेका छन्, एआईजी भण्डारीले । त्यसो त सुपकै भएकाले प्रहरी नेतृत्वमा पुग्न उनै शेरबहादुरको आश डीआईजी जयबहादुर चन्दले पनि गरिरहेको अवस्था छ ।

बिगतमा सुपकै भएकाले मोतीलाल बोहोरालाई प्रहरी नेतृत्वमा ल्याउन प्रहरी नियमावली संशोधन गरी ३२ वर्षे सेवा अवधिलाई ३० वर्षेमा झारेर तत्कालिन गृहमन्त्री शेरबहादुर देउवाले ठूलो गल्ती गरेका हुन् । सायद उनीबाट भविष्यमा दोहो¥याएर अर्काे गल्ती हुने छैन ।

प्रकाशित मिति: Nov 11, 2016

प्रतिक्रिया दिनुहोस्