Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देउवाको पर्दाफासः लोब्साङ् साङ्गेसँगै बसेको देउवाको तस्बिर सार्वजनिक !

sange-deuba1

काठमाडौं ।  भारतको ५ दिने भ्रमण गरी फर्केका कांग्रेस सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले बुधवार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा तिब्बती पृथकतावादी नेता लोब्साङ साङ्गेसँग आफूले नभेटेको दावी गर्दै नेपाली सञ्चार माध्यमले झूठो समाचार लेखेको दावी गरेका थिए । सभापति देउवाले झुठो समाचार लेखेको दाबी गर्दै आफूलाई भित्तैमा पुर्याउनेलाई देखाइदिने समेत चेतावनी दिएका थिए । तर, सभापति देउवाले भारतीय जनता पार्टी निकट इण्डिया फाउण्डेशनले आयोजना गरेको थर्ड इण्डिया आइडियाज कन्क्लेभलाई शुक्रवार विशेष वक्ताका रुपमा सम्बोधन गर्दा एउटै मञ्चमा तिब्बती पृथकतावदी नेता तथा दलाई लामाको समानान्तर सरकारका प्रधानमन्त्री लोब्साङ साङ्गेसँगै नारिएर बसेको तस्बिर समाजिक संजालमा फेला परेको छ ।

कार्यक्रममा देउवाले नेपालका पूर्व प्रधानमन्त्री र कांग्रेस पार्टी सभापतिको हैसियतमा वक्ताका रुपमा सम्बोधन गरेका थिए भने तिब्बतको समानान्तर सरकारका प्रधानमन्त्री साङ्गेले विशेष वक्ताको रुपमा सम्बोधन गरेका थिए । सोही क्रममा देउवा र साङ्गेबीच अनौपचारिक कुराकानीसमेत भएको थियो ।  देउवा र साङ्गेबीचको अनौपचारिक भेटवार्तामा नेपालमा रहेका तिब्बती शरणार्थीलाई परिचयपत्रको ब्यवस्था गर्न समेत साङ्गेले आग्रह गरेका थिए । देउवाले साङ्गेको आग्रहलाई सकारात्मक रुपमा सम्बोधन गर्ने आश्वासन दिएको भारतीय स्रोतले जनाएको छ ।  बीपी कोइराला प्रधानमन्त्री रहेकै बेला चीनसँग शान्ति तथा मैत्री सन्धी हुँदैदेखि नेपालले एक चीन नीति लिएको थियो ।

deuba6बुधवार विमानस्थलमा देउवाले दलाई लामाको भिडियो सम्बोधन पनि नदेखेको र लोब्साङ साङ्गेलाई पनि नदेखेको दावी प्रस्तुत गरेका थिए । कार्यक्रममा तिब्बती धर्मगुरु दलाई लामाको भिडियो सम्बोधन प्रस्तुत गरिएको थियो । तिब्बती पृथकतावादी नेताहरुसँग आफू सँगै नबसेको दावी देउवाले गरिरहेका बेला साउथ एसिया चेकलेले साङ्गेसँगै नारिएर बसेका देउवाको तस्बिर सार्वजनिक गरेको हो ।

बीपी कोइरालाले स्थापना गरेको पार्टीका सभापति देउवाले बीपीको सो नीति विपरित तिब्बती पृथकतावादी अगुवाहरुसँगैको कार्यक्रममा सहभागिता जनाएका हुन् । गोवाको उक्त कार्यक्रममा देउवाको सहभागिताले नेपाल चीन सम्बन्धमा गम्भीर धक्का पुगेको महसुस गरिंदैछ भने सत्तारुढ कांग्रेस भित्र पनि यसले विवाद उत्पन्न भएको छ । @ उक्त तस्विर समाजिक संजालमा ‘भाइरल’ भइरहेको छ यद्यपी यस्को स्वतन्त्र पुष्टि भने भएको छैन । –सम्पादक 

प्रकाशित मिति: Nov 10, 2016

प्रतिक्रिया दिनुहोस्