Logo
१४ बैशाख २०८१, शुक्रबार
(November 10, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संसारको १० औं सबैभन्दा खराब एयरपोर्ट नेपालको सिंगापुरको सबैभन्दा उत्कृष्ट

airport-phaplu

काठमाण्डौ ।  संसारको सबैभन्दा राम्रो एयरपोर्टको शीर्ष स्थानमा यसपटक पुनः सिंगापुरले नै आफ्नो स्थान सुनिश्चित गरेको छ । यद्यपी, नेपाल भने सबैभन्दा नराम्रो एयरपोर्ट हुने सूचीको १० औं स्थानमा परेको छ । ‘मेरो दोस्रो भ्रमणमा सिंगापुरमा ८ घण्टाको ट्रान्जिट थियो तर मलाई कति चाँडै ८ घण्टा बित्यो पत्तै भएन । मैले चाहेको कुरा हेर्नै नपाई मेरो निर्धारित समय सिद्धिसकेको थियो,’ सिंगापुरको चाङ्गी एयरपोर्टबारे आफ्नो धारणा व्यक्त गर्दै एक यात्रुले भने ।

आरामदायी र ढल्कने कुर्सीले यहाँको एयरपोर्टको गरिमा बढाउन मद्दत गरेको छ । यो एयरपोर्टमा पहिले नै बटरफ्लाई गार्डन, स्विमिङ पुल र सिनेमा घर छ । यद्यपी, सायदी अरेबियाको किङ अब्दुल्लावजीज अन्तर्राष्ट्रिय एयरपोर्टमा यात्रा गर्ने यात्रुहरुले पनि आफ्नो आरामदायी यात्राको कल्पना नगर्दा हुन्छ ।

यसवर्ष जेदाहा टर्मिनल संसारको सबैभन्दा नराम्रो एयरपोर्टको शीर्ष स्थानमा रहेको छ । ‘१४ घण्टा फलामको कुर्सीमा, उडानमा ढिलाई, एउटा ट्वाइलेट, जताततै खाल्डो र त्यसम तीन इन्च पानी,’ एक यात्रुले आफ्नो अनुभव बाँडे । ‘स्लिपिङ इन एयरपोर्ट’ अवार्डलाई मानिसहरुको भोट र उनीहरुले दिएको औसत अंकको आधारमा प्रदान गरिन्छ ।

द गाइड टु स्लिपिङ इन एयरपोर्टस्का अनुसार समग्र अनुभवका लागि सबैभन्दा राम्रो एयसपोर्ट यस प्रकारका छन्ः
१. चान्जी अन्तर्राष्ट्रिय एयरपोर्ट (सिंगापुर)
२. इन्चन अन्तर्राष्ट्रिय एयरपोर्ट (सोउल, दक्षिण कोरिया)
३. हानेदा अन्तर्राष्ट्रिय एयरपोर्ट (टोकियो, जापान)
४. ताओयुआन अन्तर्राष्ट्रिय एयरपोर्ट (टाइपेइ, ताइवान)
५. म्युनिख अन्तर्राष्ट्रिय एयरपोर्ट (जर्मनी)
६. कान्साई अन्तर्राष्ट्रिय एयरपोर्ट (ओसाका, जापान)
७. भानक्युभर अन्तर्राष्ट्रिय एयरपोर्ट ( भानक्युभर, क्यानडा)
८. हेल्सिन्की अन्तर्राष्ट्रिय एयरपोर्ट (भान्टा, फिनल्याण्ड)
९. टालिन अन्तर्राष्ट्रिय एयरपोर्ट (टालिन, इस्टोनिया)
१०. क्लोटेन अन्तर्राष्ट्रिय एयरपोर्ट (ज्यूरिख, स्विटजरल्याण्ड)

समग्र अनुभवका लागि सबैभन्दा नराम्रा एयरपोर्टः
१. किंग अब्दुल्लाजिज अन्तर्राष्ट्रिय एयरपोर्ट (जेदाह, साउदी अरेबिया)
२. जुबा अन्तर्राष्ट्रिय एयरपोर्ट (जुबा, दक्षिण सुडान)
३. पोर्ट हार्कोट अन्तर्राष्ट्रिय एयरपोर्ट ( पोर्ट हार्कोट, नाइजेरिया)
४. तास्केन्ट अन्तर्राष्ट्रिय एयरपोर्ट (तास्केन्ट, उज्बेकिस्तान)
५. सान्तोरिनी अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)
६. चानिया अन्तर्राष्ट्रिय एयरपोर्ट (क्रिट, ग्रिस)
८. सिमोन बोलिभर अन्तर्राष्ट्रिय एयरपोर्ट (काराकास, भेनेजुयला)
९. लण्डन लुटोन अन्तर्राष्ट्रिय एयरपोर्ट (लुटोन, इंगल्याण्ड)
१०. त्रिभुवन अन्तर्राष्ट्रिय एयरपोर्ट (काठमाडौं, नेपाल)

@सीएनएन

प्रकाशित मिति: Nov 10, 2016

प्रतिक्रिया दिनुहोस्