Logo
८ बैशाख २०८१, शनिबार
(November 9, 2016)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रहरी बेखबर: प्रधानमन्त्री भएपछि प्रचण्ड पहिलो पटक सिरहा आउँदै !

सिरहा ।  प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ शुक्रबार सिरहाको चोहर्वा आउने भएका छन् । माओवादी केन्द्रका अध्यक्ष समेत रहेका उनले चोहर्वामा आयोजित जनसभालाई सम्वोधन गर्ने कार्यक्रम रहेको छ । निर्वाचित भएपछि गत भदौ २७ गते प्रचण्डको आफ्नो निर्वाचन क्षेत्र सिरहाको मिर्चैया आउने कार्यक्रम तय भएपनि अन्तिम समयमा मौसम प्रतिकूल भएपछि सम्भव भएको थिएन । त्यतिबेला उनले काठमाडौंबाट कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य राम नारायण सिंहले प्रचण्ड प्रत्यक्ष रुपमा जनतालाई सम्बोधन गर्न पुनः शुक्रबार सिरहाको चोहर्वा आउन लागेको बताए । गत वर्ष नयाँ संविधानको प्रारम्भिक मस्यौदाको लागि राय सुझाव संकलन निर्वाचित क्षेत्र सिरहा आउँदा प्रचण्डले कालो झण्डाको साथै चर्को नारावाजीको सामना गर्नु परको थियो ।

त्यतिबेला प्रचण्ड केवल आधा घण्टामै कार्यक्रम स्थलबाट काठमाडौं फर्किएका थिए । यसैबीच प्रचण्डले अन्तिम समयमा आएर सिरहा आउने कार्यक्रम स्थगित गरेपछि निरास भएका सिरहाबासी पुनः प्रचण्डलाई भव्य स्वागत गर्ने तयारीमा जुट्ेका छन् । संबिधानको मस्यौदा सुझाव संकलनका क्रममा बिरोधका साथै ढुङ्गामुडा गरेकाहरुले पनि प्रधानमन्त्री प्रचण्डलाई भव्य स्वागत गर्ने तयारी गरेको छन् ।

प्रचण्ड सिरहा आउन लागेको सम्बन्धमा आफुलाई औपचारीक जानकारी नरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ । औपचारिक रुपमा जानकारी आएपछि मात्र सुरक्षा व्यवस्थाको बारेमा केहि भन्न सकिने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता एक नारायण कोइरालाले बताए । @रामभरोसी यादव

प्रकाशित मिति: Nov 9, 2016

प्रतिक्रिया दिनुहोस्